पातला प्लाष्टिकका झोलामा प्रतिबन्ध, विद्युतिय सवारीलाई प्रोत्साहन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २३:३०:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/electric-car_619fRzz5FF.jpg)
१५ जेठ, काठमाडौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् ।
साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए । विं.सं. २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीसाधनलाई विद्युतीय साधनले विस्थापित गर्ने रणनीति लिएको छ। यसका लागि आवश्यक रणनीति, पूर्वाधार तथा योजना बनाएर सुझाव दिनका लागि विज्ञ समूह गठन गरिने भएको छ। पेट्रोलियम पदार्थबाट चल्दै आएका सवारीलाई विद्युतीय सवारी साधनमा परिणत गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट पाउने व्यवस्था गरिने पौडेलले बताए ।
त्यस्तै नेपालमै विद्युतीय सवारीसाधन उत्पादन एवम् एसेम्बिलङ गर्नका लागि विश्वका १० वटा उत्कृष्ट कम्पनीलाई आकर्षित गर्ने लक्ष्य सरकारले लिएको छ। आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिने जनाइएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब घरजग्गा किनबेच गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने
असार १३, २०८१ बिहिबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
ह्वीप लगाएर सरकारले प्रतिनिधि सभाबाट पारित गर्यो बजेट
असार ११, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
आज कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक आज बस्दै
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
असार १७, २०८१ सोमबार
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ किनबेच ?
असार १७, २०८१ सोमबार