बाजुरामा २० घर पहिराेको उच्च जोखिममा
नेपालबहस संवाददाता
जेठ १५, २०७८ आइतबार २:८:१२
१५ जेठ। मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो ।
अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिंचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ ।
पहिराले पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुखेसो गरेका छन् ।
यस्तै २० घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ,जौलगायत बाली नष्ट भइसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको छ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार