अक्सिजन प्लान्ट निर्माणमा नगरप्रमुखको १० लाख सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १५:४९:९
![](https://nepalbahas.prixacdn.net/media/albums/oxygen-plant-e1620809298136_GtFmGuf1xY.jpg)
१६ जेठ, झापा । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् । कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताए । उनले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गरेको नगरका प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
विकासप्रेमी नगरप्रमुखको पहिचान बनाएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए । नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यहाँ रुदुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । यसका लागि नगरको चालु बजेटबाट रु एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरुबाट रु एक करोडको आश्वासन प्राप्त भएको उनले बताए । अस्पताललाई ५० शय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।
“कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्”, उनले भने, “अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौँ ।” अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उनले बताए । उनले पहिलो वर्ष यही सुविधावापत पाएको रु तीन लाख ४० हजार नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गरेका थिए ।
आर्थिक वर्ष २०७४/७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको रु ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाएका थिए । विसं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताएका थिए ।
आव २०७६/७७ मा नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि रु ६० लाख बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गरेका थिए । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।
साइकलप्रेमी नगरप्रमुख पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्छन् । उनले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गरेका थिए तर गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार