कोभिड-१९ ले सीमान्तकृत समुदाय र बिद्यार्थीहरुमा परेको प्रभाव
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १८:३४:२८
इतिहासकै कालखण्डहरुमा विश्वका धेरै देशहरू र त्यहाँ बसोबास गर्ने मानिसहरुले विभिन्न प्रकारका आपदविपद तथा महामारीको समस्या सामना गरेको देखिन्छ ।
कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले लगाएको लकडाउनका कारण सबैभन्दा बढी अति सिमान्तकृत समुदाय तथा बिद्यार्थीहरु बढी शिकार हुने गर्दछन् ।
कुनै पनि विपत्ति वा महामारीले जात, वर्ग, लिङ्ग ,धर्म, धनी ,गरिब भनेर विभेद गर्दैन । कोरोना भाइरस पनि एकप्रकारको प्रकोप हो । विश्वका अति विकसित देशका जनतालाई पनि यसले उतिकै पीडा दिएको छ ।
यो महामारीले सबैभन्दा बढी अति सिमान्तकृत समुदाय, बिद्यार्थीहरु आमरूपमा सामाजिक अवस्थाले गर्दा पनि महामारीबाट सबैभन्दा धेरै प्रभावित भएका छन् । सीमान्तकृत समुदाय जो शक्ति र सत्ताबाट टाढा रहेका छन । उनीहरु नै महामारीको सामना गर्नको लागि कठिन अवस्थामा रहेका छन् ।
बन्दाबन्दीको कारणले खाधान्न लगाएतका दैनिक जीवनमा चाहिने सामाग्रीको मात्र समस्या नभई अध्ययन गर्नका लागि सबै बिद्यालय बन्द भएपछि बिद्यालयले सुरू गरेको अनलाईन कक्षाबाट पनि धेरै जनाले शिक्षा लिएका छन । भने कतिपय बिद्यार्थीहरुले इन्टरनेट असुविधाका कारणले कक्षामा समावेश हुन सकेका छैन् ।
त्यसमा दैनिक उपभोग्य सामाग्री सहजै उपलब्ध नहुनु जस्ता असर बिद्यार्थीहरुको मानसपटलमा पर्न गएको छ । अहिलेको यो अवस्थामा मजदूरहरुले ज्याला मजदुरी गर्न नपाउनु, काम गर्न नपाउनु जस्ता समस्याहरू रहेका छन् ।
कोरोनाको कहर बढ्दै गर्दा सरकारले अहिलेसम्ममा कुनै पनि किसिमको राहत घोषणा गरेको छैन । यो महामारीलाई सरकारले कसरी सामना गर्छ भने बिषयमा सबैभन्दा बढी चासो मजदूर , सीमान्तकृत समुदाय तथा बिद्यार्थीहरुमा देखिएको छ ।
बन्दाबन्दीले गर्दा यी समस्याहरूको आवश्यक व्यवस्थापन भने हुन सकेको छैन् । मानिसहरु आफ्नो गन्तव्यमा जान पाएनन् । जसका कारणले बिद्यार्थीहरुले धेरै, दुख र सास्ती भोग्नु परेको छ ।
(लेखक विश्वकर्मा नेपाल बिद्यार्थी संघ आर आर क्याम्पसका सचिव तथा नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय कार्यसमितिका उपमहासचिव हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार