आत्मविश्वासले कोरोना जित्नेको संख्या बढ्दो
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १८:०:२९
१६ जेठ,बलेवा । पछिल्यो समय आत्मविश्वासले कोरोना जित्नेको संख्या बढ्दो छ । अस्पतालमा बसेर उपचार गरी फर्केकाहरु आत्मविश्वासले कोरोना जितेको बताउछन् । एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडौं लैजाने गरेको थियो ।
हेलिकप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले शहरी क्षेत्रमा लगेका हुन् । हेलिकप्टरमा पठाइएका बिरामी अधिकांश फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् ।
कोरोना संक्रमणले देश आक्रान्त पारेका बेला राम्रो उपचार खोज्दै हिँड्दा कतिपयले बाटैमा ज्यान गुमाएका छन् । बरु नजिकका अस्पतालमा बसेर उपचार गरेका फर्कन सफल छन् । “हाइफ्लो अक्सिजन र भेन्टिलेटरका सेवा खोज्दै सहर पसे पनि राम्रो उपचार अहिले देशैभरि छैन”, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले भने, “दक्ष चिकित्सक आफैँ खटिएर सेवा दिएमा अन्यत्र गइरहनु पर्दैन ।”
अस्पतालमा अहिले पनि कन्सल्ट्यान्ट डाक्टर नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइसोलेशनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकाले निको हुनेक्रम पनि यहाँ बढी छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार संक्रमितले आत्मबल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएका छिट्टै निको भएर फर्केको उनले बताए ।
“काठमाडौँमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, शहरी क्षेत्र मात्र भनेर हुँदैन”, घिमिरेले भने, “सामान्य अवस्थामा शहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामारीमा शहरी क्षेत्रमा चासो कम हुन्छ ।” ठूला अस्पतालमा एक दुई जनाको मृत्यु हुनुलाई सामान्य मानिने तर जिल्ला तहमा मृत्यु नहोस् भनेर काम भएको उनले बताए ।
बडीगाड गाउँपालिका र बागलुङ बजार नजिकका बिरामी धेरै हेलिकप्टरबाट पोखरा र काठमाडौँ गएका छन् । तीमध्ये धेरैले ज्यान गुमाइ सकेका छन् । पोखरा काठमाडौँ पु¥याइएपछि मृत्यु भएकाको परिवारले शव व्यवस्थापनसमेत गर्न पाएका छैनन् । सदरमुकामकै बागलुङ नगरपालिका– ४ का दुई जनाले पनि हेलिकप्टरमा गएर फर्कन सकेनन् । जिल्लामा कति जनाले हेलिकप्टरमा उपचार खोज्दै शहर पसे भन्ने तथ्याङ्क भने कसैले राखेका छैनन् ।
अहिले कोरोना संक्रमितलाई होम आइसोलेशनमा बस्न पाउने मापदण्ड बनाइएको छ । घरमा बसेकै कारण धेरैलाई छिट्टै निकोसमेत भएको छ । घरमा बस्नेले जटिल समस्या आउञ्जेल अस्पताल नजाने प्रवृत्तिले मृत्युका घटना बढेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले बताए । “घरमा बस्न भनिएको हो, तर समस्या आएकाले छिट्टै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ”, उनले भने, “समयमा उपचारमा नआएका कारण कतिपयको ज्यान गएको छ ।”
आर्थिकरुपमा सम्पन्न भएकाले पनि ढिला उपचारमा निस्केर ज्यान गुमाएका छन् । हेलिकप्टरमा लाखौँ खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृत्युवरण गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलको भनाइ छ । “अस्पताल आइसकेपछि उपचार नभएको हैन, भुइँमै राखेर भए पनि अक्सिजनको व्यवस्थापन गरेका छौँ”, उनले भने, “समस्या आउन लाग्दा वास्ता नगरेर अन्तिम परेपछि सोझै पोखरा हानिन खोज्दा धेरैको मृत्यु भएको छ ।”
काठमाडौंमा अक्सिजनसहितको श्यया नपाएर रातारात बागलुङ आइपुगेकी एक महिला भने निको भएर घर फर्किएकी छिन् । ढोरपाटन नगरपालिका– ३ की ३५ वर्षकी महिला धौलागिरि अस्पताल आइपुगेको साताभित्रै निको भएर घर फर्किएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार