संक्रमित लिन गएका युवा बाटोमै रोकिए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २०:५८:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-9_ZCVzdmV6WF.jpg)
१६ जेठ,स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा युवाहरु बाटोमै रोकिएका हुन् ।
हुलकाङस्थित फूलबारीमा कोरोना संक्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु¥याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।
वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले ९ख्याम० ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए । लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार