आव बजेटको कार्यान्वयन प्रक्रिया भोलिदेखि थाल्ने : अर्थमन्त्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २३:३८:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Bishnu-paudel-economic-minister_D7rRoQil4J.jpeg)
१६ जेठ,काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले भोलिदेखि नै आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गरेपछि मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिए । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन भएको तथ्य पेश गर्दै उनले निर्वाचन राष्ट्रिय अभिभारा भएकाले त्यसलाई सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
अर्थमन्त्रीले भने, “स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन गराउन हामी प्रतिवद्ध छौँ । बजेटले निर्वाचनलाई यथेष्ट महत्व दिएको छ । आवश्यक बजेट विनियोजन गरिएको छ ।” सरकारले आगामी कात्तिक २६ गते र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।
उनले सरकारले संविधानसम्मत रूपमा नै बजेट ल्याएको समेत उल्लेख गरे । “कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो । यो बहस हुनुलाई मैले सकारात्मक रूपमा लिएको छु”, अर्थमन्त्रीले भने, “सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो । यस्तो सङ्कटको बेला बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन ।” आगामी आवको बजेटप्रति यथेष्ट रूपमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै अर्थमन्त्रीले कार्यान्वयनमा प्रश्न उठेको भए पनि सरकार वस्तुनिष्ठ कार्यान्वयनका लागि लागिपर्ने विश्वास दिलाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ८, २०८१ बिहिबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार