कोरोना परीक्षण गर्न नमान्दा एक पुरुषको मृत्यु
नेपालबहस संवाददाता
जेठ १६, २०७८ सोमबार ०:६:२६
१६ जेठ,पाँचथर । पाँचथरमा कोरोना परीक्षण गर्न नमान्दा एक पुरुषको ज्यान गएको छ । उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुषको आज दिउँसो घरमै निधन भएको हो ।
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो । ती व्यक्तिमा मृत्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिए । केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा संक्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए ।
परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतकको शरीरलाई घर नजिकै धार्मिक मान्यताअनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष कुरुम्बाङले जानकारी दिए । यो घटनासँगै कोरोनाभाइरस संक्रमण पुष्टि भई जिल्लामै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने यहाँ संक्रमण पुष्टि भएका थप तीन जनाको उपचारका क्रममा झापामा मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार