संक्रमण घट्न थालेपछि जनजीवन सामान्य बनाउने प्रशासनको तयारी
नेपालबहस संवाददाता
जेठ १६, २०७८ सोमबार ०:५८:३१
१६ जेठ, काठमाडौं । कोरोना संक्रमणमा पछिल्ला केही दिनयता आएको कमीले गर्दा काठमाडौं उपत्यकाको जनजीवन अलि खुकुलो बनाउने सोच प्रशासनले बनाएको छ ।
राजधानी काठमाडौं उपत्यकालगायत देशभरिकै संक्रमण दर ओरालो लागेकाले जेठ २० गतेपछि जनजीवन सामान्य बनाउने तयारी प्रशासनले थालेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण विस्तारै घट्न थालेकाले सर्वसाधारणको जनजीवन खुकुलो बनाउने सोच रहेको बताए । जेठ २० पछि सामान्य जीवन बनाउने तयारी थालिएको उनले बताए । अब जेठ २१ बाट फेरि किरानालगायत पसलहरु खोलिने पनि उनले बताए ।
तर यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच बैठक गरेर निर्णय लिइने उनले बताए । अहिले भने जेठ २० गतेसम्म बिहान ९ बजेसम्म फलफुल र तरकारी पसल मात्र खोल्न दिइएको छ । असार लागेपछि भने जनजीवन पूरै सामान्य बनाउने तयारी प्रशासनको रहेको बुझिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार