यसकारण इजलास स्थगित गरी मुद्धा हेर्दाहेर्दै राखियो
नेपालबहस संवाददाता
जेठ १६, २०७८ सोमबार २:२३:३९
१६ जेठ, काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकतर्फका ओकिलहरुले दुई न्यायाधीशले उक्त इजलासमा बस्न नमिल्ने प्रश्न उठाएपछि आज बहस रिटको विषयवस्तुमाथि प्रवेश गर्न पाएन ।
न्यायाधीशकै विषयमा प्रश्न उठेपछि मुद्धालाई हेर्दाहेर्दैमा राखी पर्सिसम्मका लागि इजलास स्थगित गरिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजन सम्बन्धी फैसलामा संलग्न भएका छन्, र न्यायाधीश तेजबहादुर केसीले सोही मुद्धाको पुनरावलोकन निवेदन सुनुवाइ गर्नुभएकोले उनिहरुले हालको संवैधानिक इजलासमा बस्न नमिल्ने प्रश्न उठाइएको थियो ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।
नेकपा विभाजन गर्ने फैसलाका कारण संवैधानिक इजलासमा विचाराधीन हालको मुद्दा सृजना भएकोले उनीहरुले नै प्रतिनिधिसभा विघटनको मुद्धाको सुनुवाइमा बस्न नमिल्ने निवेदक तर्फका ओकिलहरुको जिकीर गर्दै आएका छन् । तर महान्यायधिवक्ता रमेश बडालले उक्त जिकीरको खण्डन गर्दै नेकपा विभाजन गर्ने फैसला र वर्तमान मुद्धाबच कुनै सम्बन्ध नरहेको बताए ।
उनले पुराना मुद्धा र न्यायाधीशको योग्यता जोड्ने हो भने सर्वोच्चका सबै २० जना न्यायाधीबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फैसला भएका र रिट निवेदक पूर्व प्रधानमन्त्रीहरुका पनि पक्ष वा विपक्षमा फैसला भएकाले कुनै पनि न्यायाधीशले वर्तमान मुद्धा हेर्न नमिल्ने राखेका थिए ।
तर्क र विवादका बीचमा आजको इजलास पर्सिसम्मका लागि सथगित भएको छ । ओकिलहरुले उठाएका प्रश्नहरुका सम्बन्धमा इजलासले भोलि आदेश जारी गर्ने भएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार