नेता भुसालसहित थप १२ नेतालाई पार्टी निष्कासनको कारवाही गरिदैं
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १३:४०:३६
१७ जेठ, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरवबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्तक्षर गर्ने नेता घनश्याम भुसालसहित थप १२ नेतालाई पार्टीबाट निश्कासित गर्ने तयारी गरेको छ । उनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।
यसअघि स्थायी कमिटी बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो।
गत सोमवार मात्र भुसालसहितका १२ नेतालाइ स्पष्टिकरण सोधिएको थियो । जसमा सुरेन्द्र पाण्डे भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
आजको बैठकमा मुलत उनीहरुलाई ककस्तो कारवाही गर्ने भन्ने विषयमा निर्णय लिइने नेताहरुले बताएका छन् । हिजो साँझको लागि तोकिएको बैठक प्रधानमन्त्रीको कार्य ब्यस्तताका कारण आज विहान १० बजेका लागि सरिएको हो ।
यस्तै बैठकमा गत शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको बारेमा समेत छलफल हुने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार