लुम्विनीमा पनि नेपाल पक्षको फ्लोरक्रस, विपक्षी गठबन्धनका उम्मेदवारको जित सुनिश्चित
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १६:९:२६
१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा आज भइरहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घनारायण पाण्डे बिजय हुने देखिएको छ।
प्रदेशसभा सदस्य ८३ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ कुल मतदाता संख्या २९६ रहेको उक्त प्रदेशमा विपक्षी गठबन्धन प्रष्ट बहुमतमा रहेको तथ्याङ्कले देखाएको हाे ।
प्रदेश र स्थानीय तहका मतदान गरी कुल ७ हजार ६९८ मत मतभार रहेकोमा जितका लागि ३ हजार ८५० मत ल्याउनुपर्छ। विपक्षी गठबन्धनले प्रदेश र स्थानीय तहको मतभार गरी ४ हजार मतभार रहेकोले सहजै जित हुने बताएका छ्न् । त्यसमा एमालेको माधव नेपाल पक्षले फ्लरक्रस गरेमा अत्याधिक बहुमतले आफुहरुले जित्त्ने अनुमान विपक्षी गठबन्धनको रहेको छ ।
मतदानमा भाग लिने प्रदेशसभा सदस्यमध्ये एमालेका ३८ छन् । विपक्षी गठबन्धनमा ४१ छन् । अर्थात् कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना हुन् । स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।
यसअघि प्रदेशसभाका मतदाताको संख्या ७९ कायम गरिएकोमा अन्तिम समयमा आएर निर्वाचन आयोगले जसपाका ४ जनालाई मताधिकारको अधिकार दिने निर्णय गरेसँग प्रदेशका ७३ जना सांसदले मतदान गर्न पाउने भएका छन् ।
४ जना थप भएपनि माधव नेपाल पक्षले फ्लोरक्रस गर्दा लुम्विनीमा विपक्षी गठबन्धनका उम्मेदवार नै राष्ट्रसभामा आउने देखिन्छ । सत्ता पक्ष चन्द्रबहादुर खड्काका लागि जित त्यति सहज देखिदैन । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेपछि पार्टीले कारवाही गरेका कारण खड्काको सांसद पद गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार