थाई एयरफोर्सको चार्टरबाट आइपुग्यो युनिट हाइफ्लो नोजल क्यानोला
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १६:३३:१९
१७ जेठ, काठमाडाैं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।
थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा, बजिराक्लउछायुहबाटले उपलब्ध गराएको ती सामाग्री हिजो आइतबार शाही थाई एयरफोर्सको चार्टर विमानमा ती सामाग्री नेपाल आइपुगेको थियो ।
त्रिभुवन अन्तराष्टिय विमानस्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । उनले भने, –‘थाई नरेशप्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु । उनले भने नेपाललाई आपतपर्दा अन्तराष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको बताए ।
ती सामाग्री थाइल्याण्डका राजदुत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपुर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहन्छ भने ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको ती सामाग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिने छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेश प्रति आभार व्यक्त गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावासमार्फत थाइ नरेशलाई पत्र पठाएपछि ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची पेश गरेपछि सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य सामाग्री उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबीचको सुमधुर सम्बन्धको कारण कोभिड नियन्त्रणको लागि महत्वपुर्ण सामाग्री नेपाल आइपुगेको जानकारी गराए ।
नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहारबाट बोभर्नका उपप्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा. डा.अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो । नेपाली राजदूतावासमार्फत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो ।
सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ । ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पीपीई गाउन उपलब्ध गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकाल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार