पूर्व गृहमन्त्री ‘बादल’ र एमाले नेता खड्काका कारण राज्यको साढे दुई करोड स्वाहा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १६:५४:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/khayo-dakale_RTpO3o5B9O.jpg)
१७ जेठ, काठमाडौं । पूर्व गृहमन्त्री एवम् राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ र राष्ट्रियसभा सदस्य चन्द्र खड्काका कारण राज्यको साढे दुई करोड रुपैयाँ स्वाहा भएको छ ।
एउटा दलबाट निर्वाचन जितेर अर्को दलमा प्रवेश गएका कारण यी दूई पूर्व माओवादी केन्द्रका सांसदको ठाउँमा पुन निर्वाचन गर्दा राज्यलाई साढे २ करोड बढी अतिरिक्त व्ययभार थापिएको हो ।
राजनीति दल सम्वन्धि ऐन अनुसार दल त्याग गरेपछि स्वत सांसद पदमुक्त हुने र ३५ दिन भित्र त्यसरी खाली भएका राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन गर्नुपर्ने कानूनी बाध्यता रहेको छ ।
सोही बाध्यता अनुसार आयोगले बादलका कारण रिक्त भएको बागमती प्रदेशमा निर्वाचन सम्पन्न भइ नयाँ प्रतिनिधि समेत चयन भइसकेका छन् । त्यस्तै चन्द्र खड्काका कारण रिक्त भएको निर्वाचन क्षेत्रमा उक्त पदका लागि पदमा लुम्विनी प्रदेशको दाङ्गमा निर्वाचन भइरहेको छ । उनी आफै पुनः चुनावी प्रतिस्पर्धामा रहेका छन् । बादल भने विपक्षी गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भए ।
निर्वाचन आयोगका अनुसार उनीहरुका कारण खाली भएको राष्ट्रियसभाका दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्दा २ करोड बढी खर्च प्रस्ताव गरिएको थियो । उपनिर्वाचनको अन्तिम खर्चको विवरण अझै सार्वजनिक गरिएको छैन ।
वागमति प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा १ करोड ६० लाख र लुम्विनी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा करिब १ कराेड जति खर्च हुने प्रस्ताव आयोगले तयार गरेको थियो । दुवै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न भएपछि आयोगले उपनिर्वाचनको खर्च सार्जजनिक गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार