कर्णाली करिडोरको खुलालु पुल चाँडो सम्पन्न गर्न निर्देशन

नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १९:८:२९

१७ जेठ,कर्णाली । कर्णाली करिडोरअन्तर्गत खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् ।
आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् । पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।
प्रदेशको समृद्धिको जीवनरेखाका रुपमा लिइएको कर्णाली करिडोर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ । कालीकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्यसम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।
त्यसैगरी आज मुख्यमन्त्री शाहीले जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को अहिलेको अवस्थाबारे जानकारी लिनाका साथै कोभिड अस्पतालको निरीक्षण गरी यो सङ्कटको व्यवस्थापनमा तदारुकताका साथ लाग्न समितिसहित कर्मचारीलाई निर्देशन दिएको स्वकीय सचिव आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार