भ्रममा नपरौं ! यसकारण घटेको छैन कोभिडको संक्रमण दर
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १५:३१:३८
१८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङकले अनुसार कुल १७ हजार ४ सय ८० को परिक्षणमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको देखाएको छ । यो संख्या अघिल्ला दिनहरुको तलुनामा कम भएको भन्दै संक्रमण दर केही घटेको मन्त्रालयका अधिकारीहरुको दावी छ ।
मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने कोभिड अपडेटको संख्यात्मक विवरणहरुको केलाउँदा नेपालको संक्रमण दरमा भने खासै कमी आएको देखिदैन । सोमबार नयाँ परिक्षण गरिएका १७ हजार ४ सय ८० मध्ये ६ हजार ४ सय ९१ दोस्रो पटक टेस्ट गरिएको संख्या हो । जसलाई निको हुने संख्याको रुपमा मन्त्रालयले उल्लेख गर्दै आएको छ । निको हुने सख्या घटाउँदा सोमबार पछिल्लो २४ घण्टाको नयाँ टेस्ट ११ हजार मात्र हुन आउछ । सोमवार संक्रमित संख्या ४ हजार ७ सय ६२ छ । यो संख्या नयाँ गरिएको परिक्षणको झण्डै ४४ प्रतिशत हो ।
नयाँ परीक्षणको ४४ प्रतिशतमा कोरोना संक्रमण देखिरहँदा संक्रमण दर घटको भन्न मिल्ने अवस्था नरहेको जनस्वास्थ्यविदहरुले बताएका छन् । नेपालमा दोहोराएर परीक्षण गर्नेहरुको संख्या अधिक रहेकाले पनि संक्रमणको वास्तविक दर पाउन निकै कठिन हुने गरेको उनीहरुको भनाई छ ।
यता सरकारी अस्पतामा चिकित्सकहरुले पछिल्ला दिनमा अस्पतालमा बिरामीको चाँप केही कम जस्तो देखिन आएको प्रतिक्रिया दिएका छन्। त्रिवि शिक्षण अस्पतालमा महाराजगंजमा कार्यरत चिकित्सक डा. निरज बम संक्रमितको संख्या घट्न थालेको जस्तो देखिन लागेको बताउछन् ।
‘एक साताअघि दैनिक ६० देखि ७० जना कोरोना संक्रमित भर्ना हुने गर्थे । हाल यो संख्या अलि कम देखिएको छ । अहिले अलिकति घटेकी हो की जस्तो लाग्छ । यकिन साथ भन्ने अवस्था भने छैन, डा. बमले भने ।
जनस्वास्थ्यविदहरुले भने सरकारी अस्पतालमा बिरामीको चाँप घटनुमा अस्पतालमा बेडहरु थपिनु लकडाउन कडा बनाउनु र संक्रमित भएर गएर अस्पताल गएर पनि उपचार नपाइने चिन्ताका कारण गंभीर बिरामी नभइ अस्पताल नजाने प्रवृतिका कारण अस्पताल जानेको संख्या कम भएको हुनसक्ने बताएका छन् ।
यसैले नेपालमा कोरोना संक्रमण दर कमी आइनसकेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कुनै लापरवाही नगर्न जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार