ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज: शेखर
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १७:२६:२५
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज भएको बताएका छन् ।
ओलीले सर्वोच्च अदालतमा सुनुवाई जारी रहेका बेला बहसमा उत्रेका अधिवक्ताहरुमाथि आक्रोश पोखेपछि नेता कोराइरालाले त्यसको जवाफ फर्काएका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको आरोप लगाए ।
‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा केपी ओली गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो,’ उनले भने, ‘तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?’
प्रधानमन्त्रीको न्यायालय र वकिलहरु प्रतिको टिप्पणी:
उनीहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मानसिकताको उपज,लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन,अधिनायकबादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह वन्ने चाहना।सजग बनौं, सबै क्षेत्रबाट सशक्त प्रतिकार गरौं।— Dr Shekhar Koirala (@Shekharnc) June 1, 2021
तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण प्रशस्तै रहेको भन्दै उनले त्यसलाई खोज्न अन्त जानु नपर्ने बताएका छन् । ‘हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो,’ नेता कोइरालाले भने, ‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार