उपत्यकामा निषेधाज्ञालाई एक साता थप्ने तयारी
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १९:१२:५५
१८ जेठ, काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ। कोरोना भाइरस संक्रमणमा केही कमि आएको भन्दै निषेध आदेश पूर्ण रुपमा निस्तेज नपारिए पनि केही खुकुलो गर्ने तयारी भइरहेको हो ।
आज अपरान्ह ४ बजे उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। सोही बैठकले निषेध आदेशलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।
तर, खाद्य तथा किराना पसल भने खुलाउन दिने बताइएको छ । अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ। त्यसपछि थपिने निषेध आदेश केही खुकुलो हुने भएको हो।
कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ।
यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो। त्योभन्दा अगाडि निषेधाज्ञा भए पनि खाद्यान्न पसललाई समेत बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। तर खाद्यान्न पसल खोल्दा झन् भिडभाड भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन् ।
यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारीसाधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार