देशैभरी स्वास्थ्य उपकरण सहजीकरण अभियान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २३:३३:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/ventilator_gOvzadtABO.jpg)
१८ जेठ,काठमाडौं । बायो मेडिकल इञ्जिनियरहरुले देशैभरी ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरेका छन् । कोरोना महामारी रोकथाम र उपचारमा सहजताका लागि उनीहरुले यो अभियान प्रारम्भ गरेका हुन् ।
नेपाली कांग्रेसको समन्वयमा सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राबिधिक समस्याको निःशुल्क समाधान गर्ने उद्देश्यले सो अभियान शुरुआत गरिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्ता उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकुल प्रत्यक्ष अथवा जुम, वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि माध्यमबाट प्रशिक्षित गरिने जानकारी दिए ।
कांग्रेसको केन्द्रीय सुचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेनको सहभागितामा देशै भरी बायो मेडिकल इञ्जिनियरहरुको ‘अभियान संयोजन समूह’ले अभियानलाई ब्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्ने उनले बताए । अभियानमार्फत लाभान्वित हुन चाहने अस्पताल, स्थानीय स्वास्थ्य संस्था, संक्रमित व्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्न सक्नेछन् । सम्भव भएसम्मका ठाउँमा बायो मेडिकल इञ्जिनियरहरुले भौतिक रुपमै पुगेर सेवा दिने छन् भने स्थिति अनुरुप प्रविधिको अन्य विविध माध्यमबाट लाभान्वित हुन सकिने प्रवक्ता शर्माले जानकारी दिए ।
विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दिपेश बिष्ट (९८५१०७६०३०), सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी (९८५१०८९४४८) र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा.अन्जनीकुमार झा (९८५१११७५३८) रहेको ‘मुल समन्वय समिति’ गठन गरिएको छ । बायोमेडिकल इञ्जिनियरहरुको देशव्यापी रूपमा संयोजन ई.हरिराम दवाडीले गर्ने पार्टी कार्यालयले जनाएको छ ।
अभियानको ‘केन्द्रीय रेस्पोन्स टिम’मा संयोजक दवाडि (९८५१०६५२०८) र सदस्यहरु ई.अमितकुमार चौधरी, ई. मुकुन्द खतिवडा, ई.सुशील तिमिल्सिना, ई.पंकजकुमार झा, ई.ताचल निरौला, ई. आस्था न्यौपाने, ई.मणिराज पनेरु, ई. नितु श्रेष्ठ, ई.सुरज शर्मा, ई. प्रज्वल वाग्ले, ई. उत्तम श्रेष्ठ, ई. मिहिर खकुरेल, ई. दिपेश चौधरी र ई. सुबोध अधिकारी रहेका छन् ।
अभियानलाई प्रदेश स्तरीय रूपमा संयोजन गर्न प्रदेश नं १ मा ई.हरिकुमार देव (९८५२०४९१४१) र ई. प्रदिपराज साह (९८४९१३९२७९), प्रदेश नं २ मा मनोजकुमार दास संयोजक (९८५५०२४८२८), ई. सन्तोषकुमार साह (९८४९९३७९७७) र ई.जुनाद इकबाल (९८१४२७४७०४) तथा बागमती प्रदेशमा ई. शिवलाल चालिसे (९८५५०६४८७८)र ई. रवि रमण अधिकारी (९८५५०५२४८६) को टिम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
त्यस्तै गण्डकी प्रदेशमा ई.सुरेन्द्र पाण्डे (९८५६०३५९०४) र ई.रबिन्द्र बास्ताकोटी (९८५६०३८४३०), लुम्बिनी प्रदेशमा ई.अनुप चौधरी (९८५१२३३८५५) र ई. शरद भन्डारी (९८५११५९५३९), कर्णाली प्रदेशमा ई.हरि केसी (९८५८०२३३५३) र ई.सन्देश क्षेत्री (९८४३६०११२७)तथा सुदुरपश्चिम प्रदेशमा ई. अरुणकुमार जोशी (९८५८४७७७५०) र ई. जय साउँद (९८६८८२२९६८) रहेको टिम गठन गरिएको छ ।
अभियानको संस्थागत घोषणा सार्वजनिक गर्नु केही समय अघि देखिनै अभियानले आन्तरिक रूपमा प्राप्त सूचनाहरुका आधारमा सेवा दिन प्रारम्भ गरिसकेको छ । सार्वजनिक घोषणाले विस्तारित क्षेत्रमा लाभ पु¥याउने लक्ष्यलाई सघाउने अभियानको विश्वास छ । अभियान आवश्यकता र परिस्थिति अनुरुप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म चल्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार