सिरहामा ज्वरोको प्रकोप,परीक्षण गर्न जादैनन् स्थानीय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०७८ बुधबार ०:४:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/Viral-Fiver-Jaro-1-1_D0vwjYGVva.jpg)
१८ जेठ,लहान । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना संक्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतिजा नआउँदासम्म अलग रहन पटक पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आएपनि बिरामी जचाउँन स्वास्थ्य चौकी सम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए । सिरहा अस्पतालमा कोभिड १९ को निःशुल्क पीसीआर परीक्षण हुँदै आएपनि ग्रामिण भेगका सर्वसाधारण लक्षण देखिएपनि परिक्षण गराउन आनाकानी गरिरहेकाले संक्रमणको जोखिम बढे्को प्रमुख यादवको भनाइ छ ।
कोभिड १९ को दोस्रो लहर शुरु भएयता सिरहामा हालसम्म एन्टिजेन विधिबाट २७२ र पीसीआर विधिवाट २ हजा ९९७ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएका बाहेक सिरहामा ८६९ सक्रिय संक्रमित छन् । कोभिड १९ को संक्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको छ । पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो । हाल सिरहामा दैनिक ६० जना औसतमा सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाएको छ ।
यसबाहेक जोखिम बढ्दा पनि भोज र मृत्यु संस्कारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जवर्जस्ती हाट बजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर परीक्षण गराउन नचाहने प्रवृतिले जोखिम झनै बढाउन सक्ने भएकाले स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरेर सिरहाका १७ मध्ये १० वटा स्थानीय तहले आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएपनि अधिकांश संक्रमितहरु होम आइसोलेसनमै बसिरहेका छन् ।
लहान, गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र सखुवाननकारकट्टी, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँपालिकाले आ–आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ । जिल्लामा सरकारी र निजी गरी १५ वटा अस्पतालले कोभिड १९ संक्रमितलाई उपचार सेवा दिँदै आएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । जिल्ला प्रशासन सिरहाको पुरानो भवन कारागारका कैदीबन्दीहरु संक्रमित भए उपचारको लागि आइसोलेसन बनाइएको छ ।
कोरोनाको दोस्रो लहरपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा जिल्ला अस्पताल सिरहामा ५ शय्याको आईसियु, दुई भेन्टिलेटरसहित २६ शय्याको आइसोलेसन बनाइएको छ । सिरहा अस्पतालमा प्रदेश २ सरकारले थप दुई वटा भेन्टिलेटर र अक्सिजन प्लान्ट समेत जडान गरी सञ्चालन गरिएको छ ।
अस्पतालमा दक्ष जनशक्ति नहुदाँ तालिम दिएर भेन्टिलेटर चलाउनुपर्ने बाध्यात्मक स्थिति रहेको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले बताए । सिरहा अस्पतालको अक्सिजन प्लान्टबाट रिफिल गर्ने उपकरण खरिदको लागि जिल्ला प्रशासन कार्यालयको बजेटबाट टेन्डर आह्वान गरी खरिद प्रक्रियालाई अगाडि बढाइसकेको प्रजिअ कँडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार