जिल्ला अस्पताल लमजुङमा अक्सिजन उत्पादन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०७८ बुधबार ०:३०:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/oxygen-plant-e1620809298136_uCxu2LyuCf.jpg)
१८ जेठ,लमजुङ । जिल्ला अस्पताल लमजुङमा अक्सिजन उत्पादन गर्न थालिएको छ । अस्पतालको आइसोलेसनमा रहेको कोरोना संक्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ ।
जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट संक्रमितलाई अक्सिजन दिन शुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा निर्माण गरिएको अक्सिजन सहितको २५ शय्यामा हाल १९ कोरोना सङ्क्रमित अन्य तीन बिरामी छन् ।
यो प्लान्ट जडानसँगै यस अघि दैनिक ३०/३२ वटा अक्सिजन भर्न पोखरा जानुपर्ने अवस्थामा कमी आएको छ । अब अपुग दैनिक १५÷१६ वटा सिलिण्डर अक्सिजन पोखराबाट ल्याए पुग्ने छ । उत्पादित अक्सिजन पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, अन्तरङ्ग ९वार्ड० र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ । हाल कोरोना सङ्क्रमितका लागि मात्र सो अक्सिजन प्रयोग गर्ने अस्पताल प्रमुख श्रेष्ठले बताए ।
सो प्लान्ट गण्डकी प्रदेश सरकारको ५५ लाख रुपैयाँमा ओटु कन्सर्नलाई खरिद जिम्मा दिएर ल्याइएको थियो । प्लान्ट स्थापना गर्ने घर साढे ८ लाख रुपैयाँमा प्रदेश सरकारकै लगानीमा निर्माण भएको छ । प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्मााणका लागि गत मङ्सिर महिनामा रु ७५ लाख पठाएकोमा सो सामग्री र घर गरेर साढे ६३ लाख रुपैयाँ मात्र खर्च भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार