सिनोभ्याक खोपलाई डब्ल्यूएचओले दियो आपतकालीन प्रयोगको अनुमति
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १२:३८:३७
१९ जेठ, एजेन्सी । चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले आपतकालीन प्रयोगको अनुमति दिएको छ । चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको हाे ।
चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ । आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ । सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्छ ।
डब्ल्यूएचओको अनुमतिसँगै यो खोप कोभ्याक्स सुविधा अन्तर्गत प्रयोग गर्ने बाटो खुलेको र यसले खोपको पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओको विश्वास छ ।
यो खोपले लक्षणसहितको सङ्क्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ । दुई देखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार