प्रतिनिधिसभा पुनर्स्थापनाको भयले नेपाल पक्षका नेता तान्ने राणनीतिमा ओली

नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १५:३९:५८

१९ जेठ,काठमाडौं । पछिल्लो एकसातामा नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक स्थायी कमिटी बैठक सार्ने र स्थागित गर्ने काम गरे ।
नेपाली कांग्रेसका सभापति शेरवहादुरलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्न भनि बोलाइएको बैठक ४ पटकसम्म स्थगित गर्ने र सार्ने काम भयो । धेरै पटक बैठक सार्दा सार्दै पनि हिजो बैठक बस्यो र हिजो बसेको बैठकबाट पनि कुनै कारवाहीको कुनै निर्णय भएन । उल्टै पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गर्दै बैठक सकियो ।
माधव नेपाल र भीम रावल लगायत ११ नेतालाई पार्टीबाट निश्कासन गरेका ओली अन्य नेतालाई कारवाही गर्न हच्किनुले प्रतिनिधिसभा पुनर्स्थापना हुने भयले काम गरेको हुन सक्ने विश्लेषण गर्न लागिएको छ।
स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ नेताहरुमाथी कारबाही गर्दा संसद पुनस्थपना भइहाल्यो भने विपक्षी पक्ष नै थप बलियो हुने देखेपछि ओलीले वार्ता र संवादलाई निरन्तरता दिन कार्यदलका सदस्यहरुलाई आग्रह गरेका छन् । उनले तत्काल कारवाही नगरिने बैठकमा जानाकारी दिएका छन् । त्यही अनुसार कार्यदलका केही नेताहरु गोप्यवार्तामा जुटिरहेका छन् । कार्यदल पुनर्गठन समेत हुने बताइएको छ ।
अदातलले पुन: प्रतिनिधिसभामा फर्काइदिएको अवस्थामा महन्थ ठाकुरको साथ रहँदा माधव नेपालसहित ११ सांसदको कारवाहीले मात्र ओलीको सत्तामा जोखिम देखिदैन । त्यसका अतिरिक्न थप १२ जानालाई नेतालाई कारवाही गर्दा ठाकुर पक्षको सहयोग भएपनि सत्ताबाट बाहिरनुपर्ने अवस्था आउने देखिन्छ ।
त्यसैले पुनर्थापना भइहाले आफ्नै कारण अल्पमतमा पर्ने हुँदा ओलीले थप नेताहरुमाथि कारवाहीका लागि अदालतको फैसला पर्खिएका हुन । अदालतले संसद पुनस्थपना नगरेको खण्डमा भने ओलीले उनीहरुमाथी कारवाहीको डण्डा चलाउने नेताहरुले बताएका छन् ।
संसद पुनर्स्थपना भएमा सम्झौता गरेर भएपनि नेपाल पक्षका नेताहरु फकाउने र फेरी सत्तामाथि आइलाग्ने संकट तत्काललाई टार्ने रणनीति सरुप ओलीले यो कदम चालेकोअनुमान नेपाल पक्षका नेताहरुको रहेको छ । ओलीको यो चालबाजीलाई उनी इमान्दरिताका साथ एकताको प्रयास गरेको भन्दापनि पुनर्स्थापना पछिको संकट टार्न गृहकार्य सुरु गरेको रुपमा नेपाल पक्षले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार