कोरोना कहरमा विपन्नलाई छाक टार्नै मुस्किल
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १५:४०:४०
१९ जेठ, कैलाली । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।
दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आएका धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी धनिराम चौधरीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताए ।
“निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन”, चौधरीले भने, “हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।”
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी–२ कै हर्कबहादुर नेपालीले दुखेसो गरे ।
गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी संघसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ”, उनले भने ।
त्यस्तै धनगढीको ट्राफिक चोक साइडमा सडकपेटीमा पसल राखेर जुत्ता, चप्पल सिलाई जीविकोपार्जन गर्दै आएका धनगढी, विशालनगरका दलबहादुर सार्कीले पनि निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा एक महिनादेखि ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या दोहो¥याए।
उनले निषेधाज्ञापछि आफ्नो व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएको बताए । एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार