बाँकेमा देखियो भैँसीमा लाग्ने भ्यागुते रोगको प्रकोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १६:३०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/vaisi_feb_gThfvLaD0h.jpg)
१९ जेठ,राँझा । बाँकेमा भैँसीमा लाग्ने भ्यागुते रोगको प्रकोप देखिएको छ । यहाँका किसानले पालेको भैँसी अहिले धमाधम मर्न थालेका छन् ।
आफुहरुले पालेको भैँसी धमाधम मर्न थालेपछि बाँकेका किसान चिन्तित बनेका छन् ।
राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो ।
रोग पत्ता लागेपछि राप्तीसोनारी–६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिए । उनका अनुसार बिरामी भैँसी तथा अन्य पशुका लागि स्थानीय तहमा रहेको पशुसेवा शाखाले औषधि खरिद गरी उपचार शुरु गरिसकेको छ । बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो । औषधि उपचारपछि भैँसीहरू निको हुने सङ्केत देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार