नागरिकता अध्यादेशविरुद्ध सर्वाेच्चमा रिट, शुक्रबार सुनुवाई

नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १९:४२:०

१९ जेठ, काठमाडौं । वहुविवादित नागरिकता विधेयकविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट उपर पर्सि शुक्रबार सुनुवाई हुने भएको छ ।
सत्ताको भ¥याङ बनेको यो विधेयकले राष्ट्रिय हित र अस्मितामाथि नै आघात पुग्ने भन्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार शर्माले रिट दायर गरेका हुन् । सो उपर पर्सि पेशी तोकिएको सर्वाेच्च अदालतले जनाएको छ ।
नागरिकता ऐन, २०६३ लाई प्रतिस्थापन गर्न तीन वर्षअघि वर्तमान सरकारले संसदमा पेश गरेको विधेयक राज्य व्यवस्था समितिमा अड्काइएको छ । सरकार आफैंले उक्त विधेयक रोकेको हो । तर अहिले विकसित राजनीतिक सौदाबाजीका लागि केपी ओलीले अध्यादेश जारी गराएका थिए ।
संविधानको मर्म र भावना विपरित आएको यो अध्यादेशले समग्र नेपाल र नेपालीको पहिचान नै संकटमा पार्न सक्ने भन्दै तत्काल खारेजीको माग गरिएको छ । राष्ट्रिय अस्मिता जस्तो संवेदनशील विषयसँग जोडिएकाले जारी भएको अध्यादेश खारेज गरी अब बस्ने संसदबाटै विधेयक पारित गरी जारी गर्न गराउनसमेत माग गरिएको छ ।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । कुनै बेला प्रधानमन्त्री ओलीले नै उक्त विधेयक कुनै हालतमा जारी नगर्ने अडान लिएका थिए ।
साथै, नागरिकता जस्तो संवेदनशील विषयलाई रानीको जन्मोत्सवमा केटाकेटीलाई बाँडिने चकलेटसँग तुलना गर्न नसकिने तीतो टिप्पणी गर्ने नेतामा ओली पर्थे । तर अहिले सत्ता धर्मराएपछि उनले आफ्नो नक्कली राष्ट्रवादको मुखुण्डो उतारेर लैनचौरतिरै फालेको आरोप लाग्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार