स्काउटबाट शव व्यवस्थापन सेवा आरम्भ
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बिहिबार १:३६:३८
१९ जेठ, काठमाडौं । नेपाल स्काउटले आजदेखि काठमाडौंमा पनि कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ । यसअघि प्रदेश नं १ को विराटनगरमा यो सेवा शुरु गरेको सो संस्थाको बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत भई मंगलबार निधन भएका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।
मृत्युपश्चातको परीक्षणमा ती पुरुषमा कोरोना नेगेटिभ देखिएको थियो । ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोभिडको त्रास भएकाले स्काउटको टोलीले शव व्यवथापन गरेको हो ।
गत दुई सातादेखि गैह्रकोभिड बिमारीलाई एम्बुलेन्स सेवा दिँदै आएको तालीम प्राप्त टोलीले आज शव व्यवथापनको कार्य गरेको टोलीनेता बज्राचार्यले बताए ।
हालसम्म नेपाली सेनाले शव व्यवस्थापनको सम्पूर्ण कार्य गर्दै आएकामा त्यसमा सघाउन सेनाबाटै तालीम लिएर यो सेवा पनि शुरु गरेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार