पीडा र त्रासमा कोरोनाबाट मृत्यु भएका मृतकका परिवार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १६:४६:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-death-chitwan-1_oztHBOZrih.jpg)
२० जेठ,टीकापुर । कैलालीमा यतिबेला कोरोना संक्रमणबाट मृत्यु भएका मृतकका परिवार पीडा र त्रासमा बाँच्दै छन् । कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमान्को कोरोना संक्रमणका कारण मृत्यु भयो । यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात प¥यो । लामो समय श्रीमान्को स्याहारमा खट्ेकी उनको श्रीमान्को श्वासप्रश्वासमा समस्या आई अस्पतालमा ज्यान गएपछि उनी अर्धचेत भइन् । “श्रीमान्को शव सेवाले लगेर अन्त्येष्टि ग¥यो, हामी हिन्दू धर्मानुसार काजक्रियामा बस्यौँ”, उनले भनीन्, “केही दिनमा स्थानीय तहले हाम्रो कोरोना परीक्षणका लागि स्वाब लियो । मलगायत घरमा तीन जना संक्रमित देखियौँ ।”
गर्भवती उनलाई निकै तनाव भयो । एकातिर श्रीमान् रहेनन्, अर्कोतर्फ आफू गर्भवती । गर्भावस्थामा अनावश्यक औषधि सेवन गर्न हुँदैन भन्ने सुनेकी उनलाई अब आफू पनि मरेमा तीन सन्तानको बिचल्ली होला भन्ने पीरले सतायो । “श्रीमानको क्रियामा बस्दा खानपिनमा पनि ध्यान दिइएन, खान मन पनि रहेन, रातदिन पीडा र त्रासले सतायो”, उनले भनीन्, “यस्तो बेलामा छिमेकी र आफन्त आउन पनि डराउने रहेछन्, आफन्तको काखमा शिर राखेर पीडा सकिने गरी रुन पनि पाइएन ।”
उनले छोराछोरीको मुख हेर्दै पीडा लुकाएर बसेको बताइन् । “मैले बाँच्नुपर्छ भन्ने सोचेँ, मेरो वरिपरि रहेका र गर्भमा रहेको बच्चाका लागि हिम्मत गरेँ । धन्न आज हामी ठीक छौँ”, उनले भनीन् । कैलालीको टीकापुरमा एक युवकलाई कोरोना संक्रमण भयो । युवक बिरामी भएपछि आमाले युवकलाई लिएर नेपालगञ्ज गए । छोराको सेवा गर्दागर्दै आमा पनि संक्रमित भइन् । छोराको उपचारका लागि गएकी आमाको मृत्यु भयो । आमाको मृत्यु भएको केही दिनमा छोराको पनि ज्यान गयो । दवबै आमाछोरा नरहेपछि परिवारमा बिचल्ली छाएको छ । “टीकापुरमा व्यवसाय गर्ने हाम्रोे परिवारमा बिचल्ली आएको छ । म पनि संक्रमित छु”, मृतककी छोरीले भनीन्, “हाम्रो परिवारमा व्यापार गरेर घर चलाउने मानिस पनि रहेनन्, घरमा खानाकै समस्या छ । हामीलाई जस्तो विपत्ति कसैलाई नआओस् ।”
दुई दिनअघि टीकापुर नगरपालिकाले किरिया खर्चवापत रु १० हजार दिएपछि उनी केही खुशी भइन् । “हामीलाई सहयोग चाहिएको छ । हाम्रो पेट भर्ने माध्यम ढलेकाले हामीलाई आत्मविश्वास मात्र होइन आर्थिक सहायताको समेत खाँचो छ”, मृतककी छोरीले भनीन् । कैलालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने अधिकांश आफन्तका पीडा यस्तै छन् । संक्रमणका कारण ज्यान गुमाएका अधिकांशका परिवार संक्रमित छन् भने अधिकांश परिवारमा आर्थिक र सामाजिक समस्या देखिएको छ ।
कोरोना संक्रमणका कारण आफन्त गुमाएका परिवारलाई सान्तवना दिन कैलालीका केही पालिकाले किरिया खर्च दिने र केही पालिकामा जनप्रतिनिधि पुगेर सान्त्वना दिन थालेका छन् । संक्रमणले आफन्त गुमाएर पीडामा रहेकाहरुको मनोबल बढाउन र पीडा साट्न पालिकाले गरेका कार्यले केही राहत भएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५०६ जनाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिकामा संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ ।
टीकापुरले रु १० हजार किरिया खर्च उनीहरुकै घरमा पुगेर दिने गरेको छ । “संक्रमणका कारण आफन्त गुमाएकाहरुलाई सामाजिक दुव्र्यवहार गर्नु हुँदैन । हामी उनीहरुकै आँगनमा पुगेर केही समय उनीहरुको समस्या सुन्छौँ, छिमेकीलाई पनि सहयोगी बन्न सल्लाह दिन्छौँ अनि किरियाखर्च दिएर आउँछौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “मृत्युकर्म गरिरहेकाहरु त्यसै पीडामा हुन्छन्, अर्कोतर्फ अधिकांश परिवार नै संक्रमित छन् । यस्तो बेला समुदायको सहयोग पाइएको छैन । त्यसैले हामी पुग्न थाल्यौँ, समस्या भएकालाई सहयोग गर्न पनि थालेका छौँ ।”
केही पालिकाले संक्रमितलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेका छन् । टीकापुरले उनीहरुलाई स्वास्थ्य सामग्री र स्वास्थ्य परामर्श दिन थालेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल बताउछन् । “धेरै दिनसम्म होम आइसोलेशनमा बसेकाहरुका मनमा अनेक विचार आउने भएकाले केही संक्रमितमा मनोसमस्या देखिएको छ”, रावल भन्छन्, “यसले भोलिका दिनमा परिवारमै समस्या हुनसक्छ । हामी समस्या भएकाहरुसँग लामो छफलफ गर्ने, डाक्टरको सम्पर्कमा ल्याउने काममा समेत जुटेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार