भेरी अस्पताल घटना छानविन प्रतिवेदनप्रति स्वास्थ्यकर्मीहरु कै असन्तुष्टि

नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १८:२२:४५

२० जेठ, काठमाडौं । गत जेठ १३ गते बाँकेको नेपालगन्ज भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
घटनाहुनुमा अस्पताल प्रशासनका समेत कमजोरी औंल्याएको २५ पृष्ठ लामो प्रतिवेदनमा स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्नेदेखि भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने सुझाब समेत अटाएका छन्। घटना सुनियोजित नभई बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
घटनको प्रतिवेदलाई लिएर स्वास्थ्यकर्मीले असन्तुष्टि पोखेका छन् । सत्यतथ्य बुझ्न बनेको छानबिन समितिले नै स्वास्थ्यकर्मीलाई थप पीडा दिने गरी प्रतिवेदन दिएको र राजनीतिक आस्थाका आधारमा दोषी जोगाउने प्रयास गरिएको प्रतिक्रिया दिएका छन् ।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाई एवम मुख्यमन्त्री शंकर पोख्रेलका विश्वासपात्र, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लागायतले अस्पतालमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालको आइसियु कक्ष नै तोडफोड गरेका थिए।
स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनालाई लिएर अस्पतालका स्वास्थ्यकर्मीका साथै देशैभरका स्वास्थ्यकर्मी विरोधमा उत्रिएपछि सरकारले घटनाबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
फागुन ८, २०८१ बिहिबार
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार