काठ तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १८:४०:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Drone_7svQTs7Qzx.jpg)
२० जेठ,कञ्चनपुर । कञ्चनपुरमा वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो । दुईवटा ड्रोन क्यामेरा रु १० हजार भाडा तिर्ने गरी प्रयोगमा ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक ड्रोन क्यामेराको प्रयोग गरी वन क्षेत्रमा गस्तीको कार्यलाई अगाडि बढाइएको छ । डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजयविक्रम मानन्धरले ड्रोन क्यामेराको प्रभावकारिताका आधारमा आगामी आवमा कार्यालय आफैँले ड्रोन क्यामेरा खरिद गरी प्रयोगमा ल्याउने योजना बनाइएको बताए । त्यसका लागि तालिमप्राप्त जनशक्ति तयार गरिने उनको भनाइ छ ।
“चुरे क्षेत्रलगायतमा बाटो नहुँदा चोरी शिकारी र काठ तस्करी रोक्न निकै गाह्रो छ, पैदल गस्ती गर्नसमेत सकिने अवस्था छैन”, उनले भने, “यस्तो ठाउँमा ड्रोनको प्रयोग गरी सहजै त्यस क्षेत्रको वस्तुस्थितिका बारेमा सहजै जानकारी लिन सकिन्छ ।”
कोरोना महामारीका बेला सबै ठाउँमा कर्मचारी परिचालन गरी गस्तीको कार्य गर्न नसकिने अवस्थामा ड्रोन क्यामेराबाट गस्तीको काम गर्न सकिने उनले बताए । “पहिला हिँडेर, घोडा, हात्ती, साइकल र गाडीको प्रयोग गरी वन गस्ती गरिँदै आएको थियो”, उनले भने, “अब पुरानो शैलीलाई छाडेर नयाँ अभ्यास थालिएको हो ।”
चोरी तस्करी र जग्गा अतिक्रमण हुने संवेदनशील क्षेत्रको पहिचान गरी ड्रोनका माध्यमबाट निगरानी राख्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । कोरोना महाकारीका बेला सबै ठाउँमा कार्यालयका कर्मचारी परिचालन गर्न नसकिने भएकाले त्यस्तो ठाउँमा ड्रोन सहयोगी हुने बताइएको छ ।
रातीका बेला वन कार्यालयले पैदल र गाडीमा कर्मचारी परिचालन गरी गस्ती गर्ने र दिउँसो ड्रोनका माध्यमले वन माथि निगरानी राख्ने योजना बनाएको छ । “बन्दाबन्दीका बेला जग्गा अतिक्रमण र काठ तस्करीका घटना बढेका छन्”, अधिकृत मानन्धरले भने, “त्यसलाई सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकायको सहयोग लिई न्यूनीकरण गरेका छौँ, अझै यस कार्यलाई प्रभावकारी बनाउन ड्रोनको सहायता लिएका छौँ ।”
गत वर्ष बन्दाबन्दीका बेला डिभिजन वन कार्यालयले चोरी शिकारी, काठ तस्करी रोक्नका लागि स्वचालित क्यामेरा (क्यामेरा ट्रयापिङ) जडान गरेको थियो । क्यामेरा ट्रयापिङका सहायताले आधा दर्जन बढी काठ चोरी गर्ने र वन्यजन्तुको तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार