एमालेभित्रको द्वन्द्वको असर गोरखापत्रमा छताछुल्लः ओली तानाशाह

नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २०:४१:२२

२० जेठ, काठमाडौं । सरकारी मुखपत्रका रुपमा प्रकाशनमा रहेको गोरखापत्र विस्तारै व्यावसायिक पत्रकारितातर्फ अग्रसर भएको हो की भन्ने भान दिने गरी आज पाठक समक्ष आएको छ । प्रधानमन्त्री केपी ओलीप्रति चर्काे आलोचना गर्ने सामग्री प्रशासन गरेर गोरखापत्रले आफूलाई व्यावसायिकतातिर लैजान खोजेको देखिएको छ ।
आम नेपालीको करबाट सञ्चालित गोरखापत्रले यस्तै भूमिका निर्वाह गरोस् भन्ने धेरैले चाहेपनि हुन सकिरहेको थिएन । तर आज भने आम नेपालीकै चाहना बमोजिम गोरखापत्रले सामग्री प्रकाशन गरेको छ । अर्थात सरकार प्रमुखकै चर्काे आलोचना गरिएको छ ।
आज प्रकाशित गोरखापत्रको मूललेखमा प्रधानमन्त्री ओलीको निर्ममतापूर्वक खेदो खन्ने काम भएको छ । ओलीको खेदो खन्नेपनि उनकै पार्टीका चर्चित नेता हुन्– प्रदीप नेपाल । राजनीतिसँगै पत्रकारिता र साहित्य सिर्जनामा समेत अब्बल मानिएका नेपालले प्रधानमन्त्री ओलीलाई नेपाली कम्युनिष्ट पार्टीको तानाशाह भनेका छन् ।
प्रधानमन्त्री ओलीको यति निर्मम आलोचना गरेर विगतमा कहिल्यै लेख, रचना वा समाचार प्रकाशन भएको थिएन । नेता नेपालको ठहर छ– ओली माक्र्सवादी नेता पनि होइनन्, बरु स्टालिनवादी नेता हुन् । यति मात्र होइन उनले लेखेका छन् – ओली तानाशाह हुन् र राज्यसत्ता दलाल पुँजीवादीको हातमा छ । कमिशन, ठेक्कापट्टामा नेताका आफन्तको संलग्नता छ ।
गोरखापत्रले प्रधानमन्त्रीकै यति खरो आलोचना गरेको घटनालाई ओली सरकारका तालुकदार मन्त्रीले कसरी लिन्छन्, त्यो त भोलिका दिनमा देखिनेछ नै । कदाचित गोरखापत्रलाई सम्पादकीय स्वतन्त्रता दिन खोजिएको भए सायद गोरखापत्रमा नेतृत्व गर्नेहरु थप पुरष्कृत हुनेछन् ।
एमालेको घरझगडाको बाछिटा
तर कथा यस्तो होइन । नेकपा एमाले भित्रको घर झगडाको बाछिटा गोरखापत्रसम्म पुगेको जानकार बताउँछन् । गोरखापत्रको नेतृत्व गर्ने कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीलाई चक्मा दिने काम नेतृत्वले गर्दा यस्तो भएको हो । हालका निमित्त प्रधानसम्पादक श्रीधर आचार्य माधवकुमार नेपाल पक्षका पत्रकार हुन् । तर पद प्राप्ति र जोगाउनका लागि आचार्यले आफूलाई ओली समर्थक देखाउन खोजेका थिए ।
उनी आउने साउनमा रिटायर्ड हुँदैछन् । त्यसैले जानेबेला आफ्नो असली पहिचान दिएरै छाड्ने उनको चाहना यहाँ छलाछुल्ल भएको छ । हाल गोरखापत्रको लेख रचनाको संयोजन गर्ने काम एमाले समर्थित अर्का पत्रकार केपी गौतमले गर्दै आएका छन् । उनी विगतमा ओली समर्थित भएको दाबी गर्थे । तर यसअघिका सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग उनको झगडा भएपछि भने उनले ओली क्याम्प छाडेको बताउने गरेका थिए ।
त्यसैले उचित मौकाको ताकमा आचार्य र गौतम थिए । त्यसको सही मौका उनीहरुलाई अहिले प्राप्त भयो । अनि आफ्नो भडास उनीहरुले यसरी निकालेको गोरखापत्रमा कार्यरत पत्रकारहरुको बुझाई छ ।
खनाल नभएको मौका छोपियो
गोकुल बाँस्कोटा मन्त्री हुँदै गोरखापत्रमा सल्लाहकार सम्पादकको भूमिकामा आएका पत्रकार गोपाल खनालको अनुपस्थितिमा यो सबै काण्ड भएको हो । खनालका पिताको देहवशान भएकाले उनी अहिले कार्यालय गएका छैनन् । त्यही मौका छोपेर आचार्य र गौतमले उक्त लेख प्रकाशन गरेका छन् । खनाल भएको अवस्था थियो भने उनले रोक्ने थिए ।
केपी गौतमले यसअघि पनि खनाललाई आफ्नो काममा हस्तक्षेप नगर्न चेतावनी दिने गरेका थिए । गौतमले खनाललाई सल्लाहकार सम्पादकका रुपमा कम र पार्टीको भाइ कार्यकर्ताका रुपमा बढी व्यवहार गर्ने गरेको त्यहीं कार्यरत एक पत्रकारले बताए ।
कृष्णमुरारी निरीह
गोरखापत्र प्रकाशनको मूल जिम्मेवारी पाएका तालुकदार अर्थात प्रकाशक कृष्णमुरारी भण्डारी पनि निरीह छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका प्रियपात्र भएपनि गोरखापत्रमा प्रकाशन हुने सामग्रीबारे उनलाई केही थाहा हुँदैन । उनलाई केपी गौतम र खनालले पनि रुचाउँदैनन् ।
त्यसैले एमालेभित्रको द्वन्द्वको असर गोरखापत्रमा प्रकाशक र सम्पादकबीच पनि देखिएको छ । अब यो घटनालाई उनले कसरी अगाडि बढाउँछन्, त्यो भने हेर्नै पर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार