बर्दिबास अस्पताललाई २० लाखको स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २२:२२:४७
२० जेठ,महोत्तरी । बर्दिबास अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका संस्थाले बर्दिबास अस्पताललाई कोभिड–१९ संक्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल विकास समितिका अध्यक्ष तथा बर्दिबासका नगरप्रमुख बिदुरकुमार कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड–१९ को सघन उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले रु १६ लाख ४७८ तथा आड्रा नेपाल र स्वीस सोलिडारिटीले रु दुई लाख १३ हजार ४९७ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका अस्पतालले जनाएको छ ।
प्राप्त सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेबुलाइजर मेसिन, पल्स अक्सोमिटर, प्रोटेबल सक्सेन मेसिन, अक्सिजन सिलिण्डर स्यानिटाइजर, भिटिएम ट्युब, एन्टिजेन किट, एक्सट्रक्शन किट, पिपिई सेट, थर्मलगन, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र एन–९५ सहितका सामग्री रहेका अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ स्रोत व्यक्ति रामबाबु यादवले जानकारी दिए। यसै साताको प्रारम्भमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकै समन्वयमा हेल्भाटस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई रु १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
यसैगरी कारितास नेपाल र कारितास जर्मनीले आजै जिल्लाको गौशाला नगरपालिका–१२ स्थित कोभिड–१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई रु पाँच लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आड्रा नेपाल र स्वीस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करिब रु ३७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पैरवी मञ्चले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार