सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज, नियमावली संशोधन गर्दै प्रधानन्यायाधीश राणा
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १३:१५:५२
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामा संवैधानिक इजलाश पुनर्गठनका लागि संवैधानिक इजलाश गठन सम्वन्धी नियमावली संशोधनको विषय टुग्गो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक आज बस्दै छ ।
प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाश गठन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न इजलाश गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाएका हुन ।
सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु पूर्ण इजालाशबाट हुने गर्दछ । संवैधानिक इजलाशमा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएका मुद्धामा आइतबार सुनुवाई हुँदैछ ।
यसअघि संवैधानिक इजलाशमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलाशमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेपछि उक्त मुद्धाको सुनुवाई अघि बढ्न सकेकाे छैन भने यता संवैधानिक इजलाशमा केसी र श्रेष्ठले आफूहरुले इजलाशमा बस्नु नपर्ने कारण नरहेको राय दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलाश तोकेका छन्।
संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलाशका न्यायाधीश विवादमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले इजलाश नै विघटन गर्ने नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलाश पुनर्गठन गर्ने बताएका थिए । त्यही अनुसार उनेले आज फुल कोर्टको बैठक बोलाएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार