आईपीओ प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते साधारणसभा

नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १४:४१:४४

२१ जेठ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा जेठ ३१ गते गर्ने भएको छ ।
कम्पनीले सभा बिहानको १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले आव २०७६/७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफर प्रालिकातर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ती गरेकोमा सो नियुक्तलाई अनुमोदन गर्नेछ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा जीआईसी इन्स्योरेन्सको शेयर बिक्रीमा
फागुन १३, २०८१ मंगलबार
बीमा प्राधिकरणको अध्यक्षमा ३३ वर्षीय शरद ओझा नियुक्त
फागुन १२, २०८१ सोमबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार