राष्ट्रपति र प्रधानमन्त्रीका संचार सल्लाहकारको ‘फेक’ सूचना, ढकालले सच्याए, थापाले ट्वीट नै हटाए !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १५:२२:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/yo-ho12_vYXOMfcUSF.jpg)
२१ जेठ,काठमाडौं । अमेरिकाले नेपाल लगायतका मुलुकहरुलाई खोप सहायता घोषणा गरेपछि त्यसको परिमाण एकिन नगरी सूचना सार्वजनिक गर्न हतार गर्दा राष्ट्रपति र प्रधानमन्त्री दुबैका संचार सल्लाहकार नराम्रोसँग चिप्लिन पुगेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाड्ने कोभ्याक्स कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेसँगै राष्ट्रपति विध्यादेवी भण्डारीका संचार प्रेस विज्ञ एव सल्लाहकार टिकाप्रसाद ढकालले ट्वीटरमा लेखे, ‘सम्मानीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताको कोभिड १९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोध स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।#longliveNepalUSARealtionship. तर राष्ट्रपतिका संचार विज्ञाले हतारमा दिएको यो सूचनामा उल्लेखित खोपको परिमाण गलत छ ।
खोप बाँडिने देशहरूको सूचीमा नेपाल रहेको भएपनि नेपाललाई ५० लाख दिने भनिएको छैन । काठमाण्डूस्थित अमेरिकी दूतावासले विश्वव्यापी रुपमा २५ मिलियन कोभिड १९ खोप वितरण गर्ने उक्त सुचीमा नेपाल पनि रहेको जनाएको छ । उक्त सहयोग अन्तर्गत अमेरिकाले कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ तर नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।
राष्ट्रपतिका प्रेस विज्ञको ट्वीटलाई उल्लेख गर्दै समाचारहरु आएपछि उनले आफ्नो पुरानो ट्वीट सच्याए । “मैले उल्लेख गरेको परिमाण म तत्काल सच्चयाउन चाहान्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो । उनले लखेका छन् ।
राष्ट्रपति सल्लाहकारले ट्वीट सच्याउँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले भने खोप परिमाणका विषयमा राखेको ट्वीट नै डिलिट गरेको पाइयो । अमेरिकाको घोषणापछि थापाले ट्वीट मार्फत सरकारले एक तिहाइ खोपको ब्यवस्थापन गरेको जानकारी दिदै सरकारलाई बधाई दिएका थिए । जसमा अमेरिकाबाट अनुदान स्वरूप ५० लाख डोज खोप प्राप्त भएको उल्लेख छ । यो संख्या पनि गलत थियो । तर थापाले ट्वीट नै हटाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार