आगामी जुन २४ मा माइक्रोसफ्ट विन्डोजको नयाँ भर्सन
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १६:११:४९
२१ जेठ, एजेन्सी । आगामी जुन २४ मा माइक्रोसफ्ट विन्डोजको नयाँ भर्सन आउने भएको छ । माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् ।
नयाँ संस्करणमा विन्डोजको डिजाइनमा परिवर्तन हुनेछ । त्यस्तै विन्डोज एपमार्फत् सर्जक तथा एप डेभलपर्सलाई सिर्जनाको मौका प्रदान गरिने तथा प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित गर्न सहज हुने माइक्रोसफ्टले जनाएको छ ।
विन्डोजको नयाँ संस्करण सुरुमा विन्डोज इनसाइडरका लागि परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ र आम प्रयोगकर्ताका लागि वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ ।
माइत्रोसफ्टले नयाँ विन्डोज सार्वजनिक गर्ने जुन २४ को कार्यक्रमका लागि बुधबार निम्तो पठाएको जनाएको छ । स्मरण रहोस् गत महिनाको डेभलपर्स इभेन्टका क्रममा सीईओ नादेल्लाले नयाँ संस्करणको विन्डोजका विषयमा खुलासा गरेका थिए ।
विश्वमा पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा आधिपत्य जमाएको विन्डोजले माइक्रोसफ्टको कूल आम्दानीको १४ प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लोपटक माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम ल्याएको थियो । माइक्रोसफ्टले विन्डोज १० मा वर्षको २ पटक अपडेट उपलब्ध गराउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार