दुई केजी नूनमा छुट लिन सरकारलाई नागरिकताको प्रतिलिपि र परिवारको सूची बुझाउनु पर्ने !
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १६:४४:६
२१ जेठ, काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा आज बाट २० प्रतिशत छुट पाउन सकिने बताए पनि उक्त छुट लिन भने राजधानीमा जम्मा पाँचवटा विक्रि केन्द्र तय गरिएको छ ।
सरकाले बजेटमार्फत गरेको उक्त छुट लिन नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि र परिवारको नाम सूची अनिवार्य बुझाउनु पर्ने छ । यो नबुझाउनेले यो छुट नपाउने साल्ट ट्रेडिङद्वारा जारी सूचनामा उल्लेख छ ।
राजधानी काठमाडौंमा साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू कालीमाटी, सतुङ्गल, जडीबुटी, जावलाखेल र भक्तपुरबाट मात्रै यो सुविधा पाइने छ ।छुटको सामान लिनका लागि परिवार एक जनाको नागरिकताको प्रतिलिपिको पछाडि सबै परिवारका सदस्यको नाम लेखिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको साल्ट ट्रेडिङले सूचना मार्फत जनाएको छ ।
निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने छ । तर मोवाइल भेन मार्फत दिइने सेवमा भने यो छुट नहुने स्पष्ट पारेको छ ।
साल्ट टेडिङले पछिल्लो पटक सबै खाद्यान्न पसल बन्द हुँदा तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाद्यान्न बिक्री गर्दै आएको छ ।
दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था आजबाट कार्यान्वयनमा लगिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार