ओलीतन्त्रका बिरुद्ध गोलबद्ध बनौं
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १७:५५:४७
नेपालमा विकासका कुरा भन्दा बिनासका कुरा बढी हुने गरेका छन् । निर्माणका कुरा भन्दा भत्काउने कुरा बढी हुने गरेका छन् । देशमा राजनीति सङ्गलिनुको सट्टा झन झन दुर्गन्धित र फोहोरी बन्दै गैइरहेको छ । मुलुकमा क्रियाशिल राजनीतिक दलहरु ३० बर्षसम्म एकछत्र राजनीतिक अभ्यास गर्दा पनि उच्च कोटीको राजनीतिज्ञको रुपमा खारिनुको सट्टा झन् झन् बदनाम र होश हराएको मानिस झैं बर्बराउने, नेपाली जनतालाई बिनाकारण धम्क्याउने, दल भित्र एकता कायम गराउन समेत नसक्ने, निर्माण भएका राजनीतिक पार्टीहरु समेत जोगाएर लान नसक्ने, जनताको अभिमतको उचित सदुपयोग गर्न नसक्ने, जनताको अभिमतलाई व्यक्तिगत स्वार्थ पुरा गराउनका लागि मात्रै उपयोग गर्ने परिपार्टी घटनु भन्दा झनझन् बढदै जान थालेपछि यसको नकारात्मक असर देश, सिंगो व्यवस्था, व्यवस्थाका आधारस्तम्भका रुपमा रहेका संसद, अदालत लगायतका निकायहरुमा देख्न थालिसकिएको छ ।
अहिले देशमा लोकतन्त्र हारेको छ । सिंगो नेपाली कांग्रेस हारेको छ । नागरिक स्वतन्त्रता र जनताका अधिकारहरु हारेका छन् । लाजले समेत लजाउनु पर्ने अवस्था देखेर लाज पनि बसाई सरेर अन्यत्रै गएको छ । लाग्छ, मुलुकमा अहिले वर्तमान प्रधानमन्त्री केपी ओलीको चक्रब्यूहले जताततै घेरा हालेर बसेको छ । विश्वमै एकमात्र स्वतन्त्र मुलुक भनेर गर्व गर्ने हामी नेपाली नागरिकहरु, कसैले आधिपत्य जमाउन नसकेको नेपालमा अहिले आफुलाई असल छिमेकी भनेर हौवा पिटने भारत खुलमखुल्ला रुपमा नेपाली राजनीतिमा हावी हुन थालेको छ ।
भारतीय गुप्तचर संस्थाको क्रिडास्थलको रुपमा रहेको नेपालमा भारतमुखी सरकारले पटक पटक निरन्तरता पाएको छ । आफुसँग ९३ जना सांसदको विश्वास रहेको जान्दाजान्दै १४६ जना सांसदको सशरिर उपस्थित हुँदा समेत संसदीय परिपाटीको रक्षा गर्दिनु पर्यो भनेर हारगुहार गर्दै अदालतमा मुद्धा हाल्न जानु परेको छ ।
राजनीति दलका नेतृत्वकर्ताहरुले सधैं कमिशन र भ्रष्टाचार रोजे । नागरिकले निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य खोजे, राजनीति दलका हनुमानहरुले महंगा महंगा स्कुल, कलेज र अस्पतालहरु बनाए । नेपाली युवाहरुले स्वदेशमै रोजगार खोजे, दलका नेताहरुले देशका होनहार युवा जनशक्तिलाई खाडी मुलुकमा बेल्चा हान्न पठायो । यस्तै हर्कतहरुका कारण वर्तमानमा राजनीतिक दलहरुप्रति नेपाली जनताको आस्था र भरोसा टुटदै जान थालेको छ ।
देशमा राजनीतिक स्वतन्त्रताका लागि भनेर पटक पटक आफ्नाे देशका शासकहरुसँग लडेका नेपाली नागरिकहरु अहिले भारतको खुफिया एजेन्सी र उसले पालीपोसी हुर्काएको, उसकै नेपाल एजेष्टको जयजयकार गर्दै हिडनु परेको छ । नेपाली नागरिकको बाध्यता हो या आवश्यकता हो ? भारतको गुलामी गर्ने र भारतको शरण पर्ने नेताहरुलाई नै देशको सर्बेसर्वा मान्नुपरेको छ ।
नेपाली जनताले अत्यन्तै राष्टवादी र विकासप्रेमी नेता भनेर मुलुकको नेतृत्व गर्न पठाएका जनताका प्रतिनिधिहरुबाटै भारतीय दलालहरुले आफ्नै नेपाल आमाका छातीमा बलात लात हानिरहँदा समेत खुशी मनाउनु पर्ने बाध्यात्मक अवस्थामा नेपाली जनतालाई पार्दै लान थालिएको छ ।
नेपाली जनताले स्वतन्त्रताको भरपुर उपयोग गर्न पाउनेछन् भनेर हजारौं नागरिकहरुले बलिदानी दिएर ल्याएको व्यवस्थामा समेत बोल्नै डराउनु पर्ने अवस्था सृजना हुँदै गैइरहेको छ । जनताका समस्याका अनगिन्ती पोकाहरु एकातिर पन्छ्याएर फगत पद र कुर्सीका लागि देशको राष्टियता नै दाउमा राखेर भारतीय शासकको जयजयकार मनाउनु पर्ने दिनमा आईपुगेको छ ।
राजनीतिलाईव्यापारीकरण गर्दै राजनीतिज्ञहरु नै स्वयं नागरिकका आवश्यकता र चाहनामाथि व्यापार गर्दै हिडन थालेपछि वर्तमान अवस्थामा संसदीय व्यवस्था बिरोधि गतिविधिहरुमा संलग्न भैं कमिशनको खोस्टोले आफ्नाे लाज छोपेर हिडने बहुलट्ठीपनका द्यौतकहरुको जमातबाट शाषित हुनुपर्ने कस्तो अवस्थामा पुग्नुपर्यो ? आज प्रत्येक नेपाली नागरिकहरुले मनन गर्नु आवश्यक भैसकेको छ ।
मुलुकले सधैं परिवर्तन र विकास खोज्यो, राजनीति दलका नेतृत्वकर्ताहरुले सधैं कमिशन र भ्रष्टाचार रोजे । नागरिकले निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य खोजे, राजनीति दलका हनुमानहरुले महंगा महंगा स्कुल, कलेज र अस्पतालहरु बनाए । नेपाली युवाहरुले स्वदेशमै रोजगार खोजे, दलका नेताहरुले देशका होनहार युवा जनशक्तिलाई खाडी मुलुकमा बेल्चा हान्न पठायो । यस्तै हर्कतहरुका कारण वर्तमानमा राजनीतिक दलहरुप्रति नेपाली जनताको आस्था र भरोसा टुटदै जान थालेको छ ।
कुनै पनि व्यक्ति आफैमा खराब हुँदैन् । उसमा पलाएकाे स्वार्थ, अहंकार, घमण्ड र नकारात्मक सोचका कारण व्यक्तिका आचरणमा देखिदै जाने परिवर्तनले उसलाई खराब बनाउदै लैजाने हो । राज्यशक्तिको उपल्लो दर्जामा पुगेका व्यक्तिहरु त झन लचक, इमान्दार र राष्ट्रप्रति झनै बफादार बन्नुपर्ने हो । नागरिकका ईच्छा, चाहना र भावनामा झनै उदार हुनुपर्ने हो ।
नेपाली कांग्रेसका वर्तमान सभापतिले ओली सरकारको विकल्प मात्र हैन कम्युनिष्टहरु कै विकल्प खोज्ने ठूलो अवसर गुमाए । सिंगो मुलुकले ओलीको बहिर्गमन खोजिरहेको बेला ओली सरकारले गरेका हरेक राजनीतिक नियुक्तिमा भागशान्तिमै चित्त बुझाउने कांग्रेस सभापति र प्रधानमन्त्रीको पद पाउँदा समेत भागशान्ति मै खुशी मनाउने महन्त ठाकुर बीच कुनचाँहि तात्विक भिन्नता भयो र ?
देशको अस्तित्व लिलामीमा राखेर केबल आफ्नै सत्ता र स्वार्थ पुरा गराउनु भन्दा विदेशीका सामु शिर ठाडो पारेर उनीहरुलाई देश प्रेम र राष्टिय एकताका पक्षमा नेपालीहरुको शाहस र हिम्मतलाई अझ दर्बिलो पार्दै उनीहरुका बिरुद्धमा उभिनु पर्ने बेलामा देश र जनतालाई घात गर्दै भारतीय बिस्तारवादको टाँङमुनी छिर्दै जानै नै वर्तमान नेतृत्वको राजनीति बेईमानी हो । स्वभिमानी नेपाली जनताको भावना र चाहनाको ठाडो उलंघन हो ।
वर्तमान शासकहरुले बुभ्न नसकेको कुरा के हो भने क्षणभरका लागि आफ्नाे पद र कुर्सी जोगिदैमा राष्ट्रियता र राष्ट्रिय स्वाभिमान जोगिदैन भन्ने कुरा हो । पदमा रहेर पनि जनताको भावना बिपरित विदेशी प्रभूका ईशारामा मात्रै चल्ने हो भने त्यस्तो पदको कुनै अर्थ रहदैन । राजनीतिलाई केवल आफ्नाे स्वार्थपूर्ति गर्ने साधनका रुपमा मात्रै हेर्ने वर्तमान राजनीति दलका सत्ता पक्ष र प्रतिपक्षको सामुहिक एकताले जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्था माथि नै निरन्तर रुपमा कटान हुनु कुनै पनि प्रकारमा क्षम्य हुने अपराध होईन ।
यसका लागि देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पनि सशक्त रुपमा प्रतिकारात्मक अभियानहरु चलाउनु पर्ने हो । चुरे दोहन होस या नागरिकताका बिषयहरु हुन, संविधान बिरोधी गतिविधिहरु हुन या अदालतमा राजनीति गर्न खोजिएका बिषयहरु हुन, कांग्रेसले सशक्त रुपमा बिरोध गर्नुपर्ने हो । तर अहिले हेर्दा लाग्छ, कांग्रेमा पनि वर्तमान नेतृत्वमा कम्युनिष्ट पार्टीहरुसँग, कम्युनिष्ट चरित्रहरुसँग लडन सक्ने हिम्मत बाँकी रहेको छैन । कांग्रेसमा पनि कम्युनिष्ट चरित्रसँग लडने औजारमा अब खिया लागिसकेको छ ।
कांग्रेसले गत बर्ष ओली सरकारले उठाएको पुष ५ को गलत कदमका बिरुद्धमा जसरी बिरोध गरिएको थियो, त्यो बिरोधमा नेपाली जनताले जसरी खुलेर साथ दिएका थिए, त्यसलाई पुरा गराउन समेत कांग्रेसको वर्तमान नेतृत्वले खासै ईच्छाशक्ति देखाएन । नेपाली कांग्रेसका वर्तमान सभापतिले ओली सरकारको विकल्प मात्र हैन कम्युनिष्टहरु कै विकल्प खोज्ने ठूलो अवसर गुमाए । सिंगो मुलुकले ओलीको बहिर्गमन खोजिरहेको बेला ओली सरकारले गरेका हरेक राजनीतिक नियुक्तिमा भागशान्तिमै चित्त बुझाउने कांग्रेस सभापति र प्रधानमन्त्रीको पद पाउँदा समेत भागशान्ति मै खुशी मनाउने महन्त ठाकुर बीच कुनचाँहि तात्विक भिन्नता भयो र ?
त्यसैले अब कांग्रेसले लोकतन्त्र र व्यवस्था बिरोधि, स्वेच्छाचारी, अहंकारी, भारतीय खुफिया एजेन्सी संस्थाको निर्देशनमा काम गर्ने, ओली सरकारको बिरुद्धमा देशमा क्रियाशिल लोकतान्त्रिक तथा प्रजातान्त्रिक शक्तिहरुलाई एकताबद्ध गराउँदै व्यापक जनदवावसहितको आन्दोलनको आँधीबेहरी ल्याउनुको विकल्प छैन । कांग्रेसले यो अवसर गुमायो फेरी कहिल्यै नेपाली जनताले कांग्रेसलाई साथ दिने छैनन । ढिलो नगरौं । ओलीतन्त्रका बिरुद्ध गोलबद्ध बनौं, लोकतन्त्रको पहरेदारका रुपा आफुलाई उभ्याउँ । ओली सरकार र ओली चरित्रका बिरुद्धमा सडक आन्दोलमा जाऔं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार