प्रदेश नं २ को सरकार पुनःगठनबारे यादव र निधिबीच छलफल
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार २२:३४:४७
२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनःगठनबारे छलफल भएको छ ।
आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उनीहरुबीच प्रदेश र संघको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको कांग्रेसहितका दलहरुको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं. २ को सरकारमा कांग्रेसलाई सहभागी हुनसमेत आग्रह गरेका छन् ।
उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै जसपाले प्रदेश नं २ को सरकारको नेतृत्व तीन वर्ष गरिसकेकाले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिन आग्रह गरे । अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गगे ।
साथै उनीहरुबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताए । अध्यक्ष यादव आजै जनकपुर जनाएको र काठमाडौं फर्केपछि सो विषयमा थप छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार