कमचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार विरुद्धको मुद्धा सर्वोच्चमा बिचाराधिन !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शनिबार १:४८:८
![](https://nepalbahas.prixacdn.net/media/albums/%E0%A4%B8%E0%A4%B0%E0%A4%B5%E0%A4%9A%E0%A4%9A-%E0%A4%85%E0%A4%A6%E0%A4%B2%E0%A4%A4_BzMOhq5LP8.jpg)
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा भएको अवस्थामा कमचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नपाउने भनि सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन्।
पहिलो पटक प्रतिनिधिसभा विघटन लगत्तै प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, मणी थापा लगायत केहि माओवादी नेताहरुलाई मन्त्रीमण्डलमा सहभागी गराई मन्त्रिपरिषद् विस्तार गरेपछि गत पुस ११ गते अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको भन्दै त्यस विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
‘विविध कारणवस मुद्धा सर्वोच्चमा अहिले विचाराधिन रहेको छ । सरकार कमचलाउ भइसको अवस्थमा मन्त्रीपरिषद विस्तार गर्नु राज्यकोषको दोहन मात्र होइन संविधान विपरितको कार्य हो । प्रधानमन्त्री ओलीको यस कदम विरुद्ध पुरक निवेदन लिएर अदालत जाने छौ।’ अधिवक्ता ओलीले नेपालबहसलाई भने। निर्वाचन घोषणा गरेको सरकारले मन्त्रीपरिषद विस्तार गर्ने अधिकार नराख्ने भन्दै अदालतबाट मन्त्रिपरिषद्को विस्तार खारेज हुने अधिवक्ता ओलीको दावी छ ।
‘प्रतिनिधिसभा सदस्य नभएमा प्रधानमन्त्री तथा मन्त्री पदस्वतः रिक्त हुने भनी संविधानको धारा ७७ को उपधारा १ को (क) व्यवस्था छ । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको घोर उल्लंघन भएको भन्दै रिट निवेदकले हालका प्रधानमन्त्री र मन्त्रिपरिषद् प्रतिनिधिसभा विघटनपछि स्वतः काम चलाउन भएकोले काम चलाउ सरकारले संविधानभन्दा बाहिर गएर गरेको राज्यकोषको दोहन हुने गरी गरिएको मन्त्रिपरिषद् विस्तार बदर गर्नुपर्ने माग दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनता समाजबादी दलका महन्थ ठाकुर राजेन्द्र महतो पक्षका ८ मन्त्री र २ राज्यमन्त्री र एमालेका यसअघि मन्त्री रहेका केही मन्त्रीलाई विदाइ गर्दै नयाँ मन्त्री थप गर्दै छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज वेलुका सपथ लिदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार