निषेधाज्ञामा दानाको आपूर्ति नहुँदा कुखुरापालक किसान मारमा
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार २०:५:३
२२ जेठ, लहान । कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् ।
लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए ।
दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोखे । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ” सकुर मियाँले भने,“तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।” चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उनी निराश देखिन्छ ।
घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उहाँले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उनको भनाइ छ । “उत्साहका साथ कुखुरापालन शुरु गरेकामा लामो निषेधज्ञाले सबै चल्ला बर्बाद भएको छ”, अर्का कुखुरापालक किसान सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीका सञ्जीव साहले भने, “अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।”
कुखुरा फर्ममा हाल १५० वटा कुखुरा रहेपनि तिनलाई खुवाउने दाना नहुँदा एकातिर पालन गर्न कठिनाइ भइरहेको छ भने अर्कोतर्फ खानयोग्य भइसकेको कुखुरा पनि बिक्री गर्न पनि सकिरहेको छैन् उनको दुखेसो छ । सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहनस्वरुप राहतको व्यवस्थापन मिलाई दिनुपर्ने उहाँको आग्रह छ ।
“एक त कुखुराहरु दाना अभावले तौल बढिरहेको छैन भने अर्कोतर्फ विक्रीका लागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ” सोही ठाउँका अर्का कुखुरापालक किसान मो। इद्रिसले भने,“कोरोना भाइरसको त्रासका कारण कुखुरा खाने उपभोक्ताहरु घटेकाले तरकारीकै भाउमा विक्री गर्नुपर्ने अवस्था आइपुगेको छ ।” ऋण काट्ेर कुखुरा फर्म सञ्चालन गरेको तर, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निषेधज्ञाका कारण धरासायी बन्न पुगेको उनले बताए ।
यस्तो समस्या केबल उनीहरुको मात्रै होइन्, सिरहामा कुखुरापालन गर्दै आएका अधिकांश कुखुरापालक किसानहरुको समस्या हो । सिरहामा करीब ५०० भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्बन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुले समेत माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
रसुवाको गतलाङस्थित कालो गाउँ
पुष १०, २०८१ बुधबार
क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष–२०२५’ को शुभारम्भ
पुष १०, २०८१ बुधबार
वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य
पुष १०, २०८१ बुधबार
इरानमा ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हट्यो
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार