किन उठछ पटक-पटक कांग्रेसमा राजतन्त्रको मुद्धा ?
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार २२:११:३०
नेपाली कांग्रेसको स्थापना तत्कालिन अवस्थामा राजा फाल्ने प्रयोजनका लागि नभई देशमा १०४ बर्षदेखि जरा गाडेर बसेको जहानियाँ राणा शासन हटाउनका लागि भएको कुरा हामी नेपाली कांग्रेसको इतिहास र सिंगो नेपाली प्रजातान्त्रिक आन्दोलनको इतिहास पढेर थाहा पाउँछौं ।
नेपालमा प्रजातन्त्रको स्थापना गर्न त्यसबखत राजा, राजपरिवार र सिंगो राजसंस्था बाधक थिएन किनकी त्यसबखत स्वयं राजालाई नै राणाहरुले खोपीभित्रको चौघेरामा सीमित बनाएर राखेका थिए । राजा स्वयं राणाहरुको चंगुलबाट बाहिर आउन चाहन्थे । त्यसकारण नेपाली कांग्रेसले राणा शासन फाल्न र राजसंस्थाको जगेर्ना गर्न आवश्यक ठान्यो । स्वयं बन्धक बनेर राणाहरुको निगरानीमा बसेका राजालाई फाल्ने योजना नेपाली कांग्रेसको परिकल्पना भन्दा बाहिरको कुरा थियो ।
नेपाली जनताको बलिदानीपूर्ण साथ र अभूतपूर्व सहभागिता र सहयोगबाट नेपालमा राणा शासनको अन्त्य भयो । राणा शासनको अन्त्यसँगै राजा पनि स्वतन्त्र भए । राज्यको साधन र श्रोतको उच्चतम उपयोग गर्न थालेपछि हिजो राणाहरुले आफु र आफ्ना अग्रज सन्तानहरुलाई (महेन्द्र भन्दा अगाडिका राजाहरु) कँज्याएर राखेको बिर्सिए । जसको फलस्वरुप नेपालमा पुनः राजसंस्थाले राजनीतिमा सकृयता बढाउँदै जान थाल्यो । जनताको ईच्छा र चाहनाभन्दा बाहिर गएर पटक पटक गैरराजनीतिक ब्यक्तिहरुबाट नेपालको राजनीतिलाई राजपरिवारको वरिपरी राख्ने कुचेष्ठा गरिनै रह्यो ।
२०१५ सालमा राजाद्धारा नै घोषणा गरिएको आम निर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई दुई तिहाई बहुमत दिएर देशको शासनसत्ता सञ्चालन गर्न पठाए । जनताका प्रतिनिधिहरुबाट देशको द्रुततर विकास गर्ने नेपाली जनताको भावना यही मत परिणामबाट स्पष्ट भैसकेको थियो । तर देशको शासनसत्ता आफ्नाे हातमा लिएर एकलौटी शासन गर्ने घृणित सोच बनाएका राजा महेन्द्रले २०१७ सालमा जनताले लडेर ल्याएको प्रजातन्त्र मात्र खाएनन् जनताका अति प्रियपात्रका रुपमा रुपमा रहेका नेपाली कांग्रेसका तत्कालिन प्रधानमन्त्री, मन्त्रीसहित कैयाैं नेता तथा कार्यकर्ताहरुलाई जेल हाल्ने समेत काम गरे ।
राजसंस्था भए मात्रै नेपाली कांग्रेस शक्तिशाली बन्ने भए २०४८ पछि देशमा दुई-दुई पटक बहुमत प्राप्त गरेको नेपाली कांग्रेस किन शक्तिशाली बन्न सकेन ? जनताले दिएको बहुमतको सरकार किन ३ बर्ष नपुग्दै ढालेको ? राजा ज्ञानेन्द्रले नै हैन कांग्रेसका वर्तमान सभापतिलाई असक्षम भनेर फालेको ?
हिजो राणाहरुले आफु र आफ्ना सन्तानलाई कँज्याएर राखेको बेला राजसंस्थालाई राणा शासनको पञ्जाबाट बाहिर निकालेको बिर्सिए ।फलस्वरुप नेपालमा पुनः राजसंस्था राजनीतिमा हाबी भयो । हिजो जसले राजाहरुलाई बन्द खोपीबाट बाहिर निकाले तिनै राजाले जनताको अभिमतबाट बनेको नेपाली जनताको सरकार खायो । जनताले लडेर ल्याएको प्रजातान्त्रिक ब्यवस्था खायो । पञ्चायत नामको निर्दलीय ब्यवस्थामा नेपाली राजनीतिज्ञहरुले पाएको दुःख, पीडा र उत्पीडन अहिले हासाेमिजाकका भरमा कुरा गरेर मात्रै पचाउन सकिने खालको थिएन ।
निरन्तर जनताका साथमा रहेका नेपाली राजनीतिज्ञहरुले २०३६ सालमा जनमत संग्रह गराउन राजालाई बाध्य पारे । पञ्चायतको चौतर्फी जयजयकार हुन्थ्यो भने पञ्चायतले नै आफ्नाे बलबुताले भ्याएसम्म सत्ताको सदुपयोग र दुरुपयोग गराएको निर्वाचनमा नेपाली जनताको पञ्चायतका पक्षमा त्यत्रो भरोसा हुन्थ्यो भने किन लाखौं नेपाली जनताले बहुदलका पक्षमा भोट हाले ?
२०३६ सालपछि नेपाली राजनीतिमा राजा अलिक नरम भएर निस्किए । राजाको त्यही लचकताका कारण २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात प्राप्त प्रजातन्त्रमा समेत नेपाली जनताले राजालाई संविधान भित्र बस्न बाध्य बनाए । राजाले पनि आफु संविधानभित्र रहेर राजा बन्न मञ्जुरी जनाए । राजा र जनता मिलेर दुबै अटाउन सक्ने संविधान समेत बनाए ।
जीवनभर प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेकी प्रथम महिला मंगलदेवी सिंहको महत्व नबुझ्नने कांग्रेसले, गणेशमानजीको भावना नबुझ्नने कांग्रेसले, महेन्द्र नारायण निधि र भीमबहादुर तामाङ नचिन्ने कांग्रेसले राजा भए आफु अनुकुल हुन्थ्यो भनेर बेमौसमी राग अलापनुको कुनै औचित्य छैन ।
राजा वीरेन्द्रको बंशनाशपछि आधिकारिक रुपमा नेपालमा राजसंस्थाको समाप्ति भैसकेको थियो । राजाको जेठो छोरो राजा बन्ने परम्पराको समाप्तिसँगै बाध्यात्मक रुपमा राजा वीरेन्द्रका भाईलाई नेपालको राजगद्दीमा राख्न नेपाली जनता बाध्य भए । राजा हुने बित्तिकै ज्ञानेन्द्र शाहमा राजा महेन्द्रका व्यवहारका बाछिटाहहरु देखिन थालिसकेका थिए । जनताका प्रतिनिधिहरुलाई असक्षम घोषित गरी जब देशमा बिद्यमान संवैधानिक दायरा पार गर्दै मुलुकको शासनसत्ता आफ्नाे हातमा लिएपछि, २०६२/६३ मा त्यही राजसंस्थाका बिरुद्धमा, हिजो आफैंले राणाहरुबाट स्वतन्त्र बनाएर देशको एकताको प्रतिकको रुपमा सम्मान दिदै आएको राजाका बिरुद्धमा, नेपाली जनता सडकमा आउन बाध्य भए ।
त्यसबेला राजसंस्था नेपाली जनताको अभिभावकको रुपमा रहेन । नेपाली जनताको भावना र चाहना अनुसार चल्छु भनेर कहिल्यै पनि भनेन । जुन संस्थाले नेपाली जनताको स्वतन्त्रताको अधिकार खोस्यो, लोकतन्त्रको हुर्मत लियो र नेपाली राजनीतिमा क्रियाशिल राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई निर्दलीय शैलीमा जब धरपकड र दमन गर्न थाल्यो, तब नेपाली जनता राजाका कदमका बिरुद्धमा, राजसंस्थाको बिरुद्धमा सडकमा निस्किए । जनताको अभूतपूर्व आन्दोलनका अगाडि राजसंस्थाको केही जोड चलेन । जनताले लोकतन्त्रको प्राप्ति र राजसंस्थाको समाप्ति गरिदिए ।
अहिले नेपाली राजनीतिमा नेपाली कांग्रेसले राजसंस्थाको पक्षमा वकालत गर्नु पर्छ भन्ने भनाईहरु पनि यदाकदा आउने गरेको सुनिन्छ ।राजसंस्था भए मात्रै नेपाली कांग्रेस शक्तिशाली बन्ने भए २०४८ पछि देशमा दुई-दुई पटक बहुमत प्राप्त गरेको नेपाली कांग्रेस किन शक्तिशाली बन्न सकेन ? जनताले दिएको बहुमतको सरकार किन ३ बर्ष नपुग्दै ढालेको ? राजा ज्ञानेन्द्रले नै हैन कांग्रेसका वर्तमान सभापतिलाई असक्षम भनेर फालेको ? राजा भए मात्रै नेपाली कांग्रेस बाँच्छ भन्ने सोच यदि नेपाली कांग्रेस भित्र छ भने त्यो कांग्रेसको महान भूल हो । गिरिजाबाबुले अत्यन्तै सुझबुझका साथ नेपालबाट राजसंस्थाको सफल बहिर्गमन गराएर अत्यन्तै ठूलो काम गरेका थिए । जसलाई हामीजस्ता अल्पज्ञानीहरुले बुझ्न अझे धेरै समय लाग्नेछ ।
२०४६ साल अघिका राजनीतिक परिघटनाहरुका बारेमा म जस्तै मेरा दामले साथीहरुलाई त्यति धेरै ज्ञान छैन । तर यत्ति चाँहि पक्कै थाहा छ राजा हुँदै सन्त नेता किसुनजीलाई हराउन स्वयं कांग्रेस लाग्या हैन ? जीवनभर प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेकी प्रथम महिला मंगलदेवी सिंहको महत्व नबुझ्नने कांग्रेसले, गणेशमानजीको भावना नबुझ्नने कांग्रेसले, महेन्द्र नारायण निधि र भीमबहादुर तामाङ नचिन्ने कांग्रेसले राजा भए आफु अनुकुल हुन्थ्यो भनेर बेमौसमी राग अलापनुको कुनै औचित्य छैन ।
बीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान कांग्रेसका उदियमान अभिभावकहरु डा. शशांक कोइराला र डा. शेखर कोइरालाहरुले भने बमोजिम बरु हिन्दू धर्मका बिषयमा, कुनै पनि धर्म निरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर बृहत छलफल र बहस चलाउन सकिन्छ । अगाडि बढन नसक्ने अवस्था देखेर पछाडि फर्कने दुष्प्रयास गर्नु भन्दा अब परिपक्व विचार र युवाहरुको नेतृत्वबाट नेपाली कांग्रेसको भबिष्य उज्वल बनाउनेतर्फ अग्रसर हुनु नै आजको नेपाली कांग्रेसको एउटै समान लक्ष र उद्धेश्य हुनुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार