प्रधानमन्त्री पक्षका वकिलहरुले लफडा निकालेपछि सुनुवाई प्रभावित !
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार १८:४२:४५
२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत मुद्दाको सुनुवाइ गर्न पूनर्गठन गरिएको संवैधानिक इजलाशलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले साेच्दै नसोचेको लफडा निकालेपछि सुनुवाई प्रभावित भएको छ ।
प्रधानमन्त्री तर्फका अधिवक्ताहरू राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दीपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलाशको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरू सबैले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिने बताएपछि सुनुवाई अघि बढन नसकेको हो ।
उनीहरूले अहिले रोस्टरमा रहेका १३ जना न्यायाधीशहरूलाई संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्दा रिट निवेदकमध्ये कतिपय सुनुवाई समितिका सदस्य भएकाले उनीहरूको मुद्दामा ती न्यायाधीशले सुनुवाई गर्न नमिल्ने तर्क गरेका हुन् ।
इजालाशमा प्रधानन्यायाधीश राणाले वकिलहरूको यो तर्क मनासिव नभएको भन्दै न्यायाधीश र इजलाशलाई विश्वास गर्नु पर्ने बताएका थिए । उनले यसरी निवेदन दर्ता गरे अदालतको मानहानी हुने भन्दै त्यसतर्फ सचेत गराएका छन् ।
तर वकिलहरुले भने निवेदन फिर्ता लिन मानिरहेका छैनन् । जसका कारण सुनुवाई प्रभावित भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार