कालोपत्रे गर्दा कमसल सामग्रीकाे प्रयोग, निर्माण कम्पनीलाई कारबाही गर्न माग
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार ११:५४:३०
२४ जेठ, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको रिङ्गरोड सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोगबारे जनस्तरबाट विरोध भएपछि निर्माण कम्पनीलाई कारबाही गरिने भएको छ । निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रे माथि अलकत्रा र भुटेको बालुवा हालेर ‘स्यानसिल’ गरेपछि विरोध भएको थियो ।
स्थानीयबासीको विरोध र विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि नगरपालिकाको टोलीले सडकको गरेको अनुगमनमा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्रे सडक बनाएको पाइएको हो । नगरपालिकाले नारायणम रेखा जेबी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालो सूचिमा राख्न सिफारिसलगायत कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । आज वडा नं.१ का अध्यक्ष मानराज शाहीले विज्ञप्ति जारी गरी गल्ती गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
कमसल सामग्रीका कारण गिट्टीहरू चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको र खुट्टाले कोट्याए जमिन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।
सडकको सब बेस र बेसको काम राम्रो रहे पनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टीको प्रयोग गरेको हुँदा यस्तो समस्या देखा परेको जनाइएको छ । त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको र अलकत्राको क्वालिटी कमजोर भए–नभएको बारे प्रमाणित गर्न धनगढी उपमहानगरपालिकाको ल्याबमा परीक्षणका लागि पठाउन लागिएको नगरपालिका इन्जिनीयर सन्तोष चन्दले बताए ।
अहिले स्यानसिल गरे पनि अलकत्रा परीक्षण पश्चात गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्रे बिग्रिएको छ, त्यसमा माथिबाट यस किसिमको मर्मत नभई धेरै बिग्रिएको दुई सय मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरी कालोपत्रे गर्नुपर्ने अवस्था रहेको चन्द बताउछन् । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरणमा ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सडक कालोपत्रे गर्न उक्त सेवाले रु एक करोड ५८ लाख ६० हजार ९ सय ५८ मा ठेक्कामा लिएको छ ।
घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिकको टोलीलाई अनुगमनमा पठाएको र प्राविधिकलाई सडक मापदण्ड अनुसार भए नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको बताए । साथै सडक मापदण्ड वपरीत भए सुरुमा मापदण्ड अनुसार बनाउन पत्राचार गरिने र नमाने कानूनबमोजिम कारबाही गरिने सिंहको भनाइ छ ।
कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्ड अनुसार नै बनाएको जिकिर गरेको छ । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको उनको भनाइ छ ।
स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको रिङ्गरोड घोडाघोडी नगरपालिकाको महत्वपूर्ण योजनाको रूपमा हेरिएको सो सडक सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटर रिङ्गरोड निर्माण हुने बताइएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार