म त सुतिरहेको थे ! मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लाग्याे : जितेन्द्र सोनल
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १२:३०:३६
२४ जेठ, काठमाडौं । बर्खास्त भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले भने, म त सुतिरहेको थे। समाचार आएपछि धेरै जनाले फोन गरे। औपचारिक रूपमा कुनै जानकारी आएको छैन।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार साँझ मन्त्री सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन्।
जसपाको केन्द्रको झगडाको असर प्रदेशसम्म स्पष्ट रुपमा पुगेको हो। बर्खास्तीमा परेका चारै जना अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्। मुख्यमन्त्री राउत अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।
केन्द्रमा विवाद चुलिएका बेला प्रदेशमा मन्त्री बर्खास्त गरिएको हो। ठाकुर पक्ष केन्द्रमा केपी ओली नेतृत्वको सरकारमा सामेल हुँदा उपेन्द्र पक्षको विरोध छ। पार्टीका दुबै समूहले अहिले एक अर्कालाई कारबाही नै गरेका छन्। सरकारमा रहेर सन्तोषजनक काम नगरेकोले १ मन्त्री र ३ राज्यमन्त्री गरी ४ जनालाई पदबाट बर्खास्त गरिएको जनाइएको छ।
मन्त्रिपरिषद पुनगर्ठन गर्ने तयारी
अब प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने जसपा अध्यक्ष उपेन्द्र यादवकाे तयारी छ । पार्टीभित्र चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र प्रधानमन्त्री केपी ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो ।
८ मन्त्री र दुई राज्यमन्त्री लिएका प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उप्रधानमन्त्री बनाएका थिए । महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष यादव जनकपुर पुगेका थिए । स्रोतका अनुसार अब छिट्टै मन्त्रिपरिषद पुनगर्ठन गर्ने यादवको तयारी छ ।
यसबारे कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति भइसकेको जसपा स्रोतको दाबी छ । कांग्रेस र माओवादी केन्द्रका प्रदेश २ का नेताहरुसँग छलफल भइरहेको छ । सत्ता सहकार्यको बारेमा छलफल भएको छ, तर ठोस निष्कर्ष निस्किन सकेको छैन । यसका लागी आज पनि बैठक बस्ने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले नेपालबहस डटकमलाई बताए ।
उनका अनुसार कांग्रेसले मुख्यमन्त्री दाबी गरेका छन् । तर जसपा नेताहरुले भने राउतकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भइसकको बताउँछन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले पनि सत्ता सहकार्यबारे छलफल भइरहेको बताए । अहिले भइरहेको छलफलअनुसार सहमति जुटेमा सरकारका लागि चाहिने बहुमत पुग्छ । प्रदेशमा हाल कायम रहेको १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद थपिँदा ६३ पुग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार