ओलीको प्रस्ताव मिडिया खपतका लागि ल्याइएको कपटी योजना मात्र हो: नेपाल पक्ष
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १३:४८:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-khanal_FTWvqMiJdO.gif)
२४ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले ल्याएको प्रस्ताव मिडिया खपतका लागि मात्र ल्याइएको जालझेलपूर्ण कपटी योजना मात्र रहेको प्रतिक्रिया वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षका नेताहरु दिएका छन् ।
प्रारम्भिक प्रतिक्रिया दिंदै नेपाल पक्षका नेताहरुले अन्तिम सकुनी जालको रुपमा झुक्याउन,अलमलाउन उक्त प्रस्ताव फालेको र उनको त्यो प्रस्तावमा विश्वास गर्ने आधार नभएको बताएका हुन ।
नेपाल पक्षका नेताहरुले खतिवडा ओलीको प्रस्ताव पुरै खारेज गर्दै उक्त प्रस्ताव कपटी योजना हो मात्र नभइ बेइमानीको पुलिन्दा भएको र त्यो आह्वानमा कुनै इमान्दारिता नभएको उनैले राखेका प्रस्तावबाट प्रष्ट भएको बताएका छन् ।
ओलीको उक्त प्रस्तावबारे औपचारिक धारणा बनाउन आजै नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दैछ । बैठक आज १० बजेका लागि वोलाइएको छ।
अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित जेठ ३ मा फर्कने सकिने गरी एकताका प्रस्ताव सार्वजनिक गरेका छन् । उक्त प्रस्तावमा आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा समेटिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार