केन्द्रीय बैंकले १ अर्ब ७८ करोड रुपैयाँ मुद्दतीमा निक्षेपमा लगानी गर्दै
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १३:५४:३२
२४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । बैंकले आफ्ना विभिन्न कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म ९३६५ दिन०को मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।
जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।
बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार