प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावको डिजाइनर योगेश भट्टराई !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १५:२७:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/oli_yogesh_uMJmyhBGyM.jpg)
२४ जेठ, काठमाडौं । केही दिनयता पार्टी एकताको प्रयास भन्दै प्रधानमन्त्री केपी ओली पक्षसँग नियमित संवादमा रहदै आएका नेता योगेश भट्टराई नै प्रधानमन्त्री ओलीले ल्याएको छ बुँदे प्रस्तावको डिजाइनर रहेको खुलासा भएको छ ।
पार्टी एकताका लागि अध्यक्ष ओलीले पहलकदमी लिनुपर्ने बताउँदै आएका भट्टराईले महासचिव ईश्वर पोख्रेलमार्फत उक्त प्रस्ताव प्रधानमन्त्रीलाई पठाएका थिए ।
केही दिनअघि महासचिव पोख्रेलसँग भएको भेटमा नेता भट्टराईले यस्तो प्रस्ताव गरेको र पार्टी एकताका लागि भन्दै ओलीले हिजो सार्वजनिक गरेको प्रस्ताव महासचिव पोख्रेल र भट्टराईको गृहकार्य तयार भएको पोख्रेल निकट स्रोतले बताएको छ ।
नेता भट्टराईले ओलीको प्रस्तावसँगै नेकपा एमाले अब एकताबद्ध एमालेको प्रक्रियमा प्रवेश गरेको बताएका छन् । ‘पार्टी भित्र युद्धविराम भएको छ, अब एकताबद्ध भएर अघि बढनु पर्छ, त्यो वातावरण प्रस्तावले निर्माण भएको छ र विभाजनमा जान लागेको त्योबाट फर्किएको छ’ भटराईले आज विहान एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन् ।
त्यसो त भटराईले हिजो नै ओलीको प्रस्ताव सकारात्मक रहेको धारणा सार्वजनिक गरेका थिए । माधव नेपालको कित्तामा रहेका भनिएका भट्टराई पछिल्लो पटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल पक्षले सहयोग गरेको हस्ताक्षरमा सहभागी नभई ओली पक्षसँग निरन्तर छलफलमा रहँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार