कानून व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन डिएलएको माग
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १५:५३:२९
२४ जेठ,काठमाडौं । डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए)ले कानून व्यवसायीहरुलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । डिएलएले महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न भनेको हो ।
कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानून व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।
डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीहरुलाई संक्रमणको खतरा बढिरहेकोतर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो ।
गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानून व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिँदै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, “विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशीघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौँ ।”
आफ्नो पेशागत धर्म प्रति कटिबद्ध भई कार्य गर्दै आएका कानून व्यवसायीको अवस्थालाई हृदयङ्गम गरी कुनै पनि खोप नलिएका देशभरका सम्पूर्ण कानून व्यवसायीलाई समेत पहिलो तथा दोस्रो खोप पहिलो प्राथमिकतामा राखी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको महासचिव दाहालले जानकारी दिइन् ।
डिएलएको मागलाई मन्त्री तामाङले सकारात्मकरूपमा लिएर जतिसक्दो चाँडो त्यसको व्यवस्था गर्ने आश्वासन दिएको उनले बताइन् । “हाम्रो मागप्रति मन्त्री तामाङ अत्यन्त सकारात्मक देखिनुभएको छ, उहाँ आफू पनि कानून व्यवसायी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर चाँडै नै खोप पाउने अग्रसूचीमा पार्नुहुने छ भन्ने हामीलाई विश्वास लागेको छ”, महासचिव दाहालले भनीन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार