दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन: एनआरएनए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार २३:४५:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/nrna_77Gtt0dkKG.jpeg)
२४ जेठ, लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस ‘कोभिड-१९’ का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को स्वास्थ्य समितिका संयोजक डा। संजिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।
हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् । संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
यसैबीच नेपालमा हालसम्म ५ लाख ८८ हजार १ सय २४ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार सांझसम्म ७ हजार ८ सय ९८ जनाको निधन भएको छ । आइतबार साँझसम्म नेपालमा ६ लाख १ हजार भन्दा बढीमा संक्रमण देखा परेको छ । हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ । डा. सागर पौडेल ‘भारत’, डा. नितेश शर्मा ‘मध्यपूर्व’, डा. बोधराज सुवेदी ‘युरोप’, डा. रुपक श्री ‘माल्दिभ्स’ लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।
यसैबीच समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ । यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ । तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन । यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् । यसर्थ पनि तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।
अनुरोध
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको जोखिम अत्याधिक देखिएको र स्वास्थ्य विज्ञहरुले पनि नेपालमा तेस्रो र चौथो लहरको चेतावनी दिइरहेका छन् । नेपालमा ८ दशमलव ८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यसर्थ पनि बालबालिकाको स्वास्थ्य संकट बढ्दो छ । त्यसैले सम्पूर्ण अभिभावकहरुलाई आफू संक्रमणबाट बच्न हरसम्भव स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्दछौँ । हालसम्म अमेरिकामा ‘फाइजरको खोप, १२ देखि १५ वर्षसम्मका लागि’ मात्रै बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको अनुमति दिइएको छ ।
बालबालिकाको लागि खोपको प्रभावकारिताको विषय अध्ययनकै क्रममा छ । त्यसैले उच्च स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन । अभिभावक आफू बच्ने र आफ्ना सन्तानलाई जोगाउन सचेत हुन समितिले अनुरोध गरेको प्रेस संयोजक चिरन शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार